आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

काठमाडौँ उपत्यकामा किराँत समुदायले मनाए उभौली, तस्बिरहरू

शुक्रबार, १८ वैशाख २०८३, १६ : ३७
शुक्रबार, १८ वैशाख २०८३

काठमाडौँ । काठमाडौँ उपत्यकामा बसोबास गर्ने किराँत समुदायले आफ्नो महत्त्वपूर्ण सांस्कृतिक पर्व साकेला उभौली उत्साहका साथ मनाएका छन्। विशेष गरी किराँत याक्खा, सुनुवार, लिम्बू र राई समुदायले ललितपुरको नखिपोटमा भेला भई परम्परागत साकेला नाच प्रदर्शन गर्दै यो पर्व मनाएका हुन्। 

प्रकृति, भूमि र पुर्खाको पूजा गरी मनाइने यो चाड विशेष गरी कृषि कर्मसँग जोडिएको छ। किराँत परम्पराअनुसार वैशाख पूर्णिमाको दिन उभौली मनाएर खेतीपातीको सिजन सुरु गरिन्छ भने मङ्सिर पूर्णिमामा उधौली मनाएर नयाँ अन्न भित्र्याउने चलन छ। 

वर्षमा दुई पटक मनाइने यो पर्वमध्ये वैशाखमा गर्मी छल्न लेकतिर जाने समयलाई उभौली र मङ्सिरमा जाडो छल्न लेकबाट बेसी झर्ने समयलाई उधौली भन्ने गरिन्छ। यो प्रकृति र मानवबिचको अन्योन्याश्रित सम्बन्धलाई दर्साउने मौलिक उत्सव पनि हो।

उभौलीको अवसरमा 'नोक्छो' अर्थात् धामीले विशेष पूजाआजा गरी सेउलीको थान बनाएपछि साकेला नाचको विधिवत् सुरुवात हुन्छ। ढोल र झ्याम्टाको तालमा सिर्जना गरिने मौलिक धुनमा सहभागीहरू गोलबद्ध भई हात खुट्टाको ताल मिलाउँदै नाच्ने गर्छन्। 

यो नाचमा पशुपन्छीको नक्कल, खेतीपातीका कार्यहरू र मानव जीवनको चक्रलाई हाउभाउमार्फत प्रस्तुत गरिन्छ। नखिपोटमा आयोजित कार्यक्रममा परम्परागत भेषभूषामा सजिएका युवादेखि वृद्धवृद्धासम्मको उत्साहजनक सहभागिता रहेको थियो।

Sakela Ubhauli_Sakela Ubhauli_-823Sakela Ubhauli_-824Sakela Ubhauli_-826Sakela Ubhauli_-827Sakela Ubhauli_-828Sakela Ubhauli_-829Sakela Ubhauli_-830Sakela Ubhauli_-831Sakela Ubhauli_-832Sakela Ubhauli_-833Sakela Ubhauli_-834Sakela Ubhauli_-835Sakela Ubhauli_-836Sakela Ubhauli_-837

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप