प्लास्टिकको भरपर्दो विकल्प बन्दै बाँस
सारांश
- चीनमा बाँसलाई प्लास्टिकको विकल्पको रूपमा प्रयोग गर्ने अभियानले गति लिएको छ ।
- आन्जी काउन्टी प्लास्टिकका सामग्रीलाई बाँसले प्रतिस्थापन गर्ने कार्यमा उत्कृष्ट नमुना बनेको छ ।
- बाँसको औद्योगिक विकासले स्थानीय समुदायलाई फाइदा पुर्याउनुका साथै अर्थतन्त्रको आधारस्तम्भ बनेको छ ।
हुजो । चीनमा बाँसको बहुआयामिक उपयोगिता लामो समयदेखि चिनिँदै आएको छ । इतिहास हेर्ने हो भने धेरै शताब्दी अघिदेखि नै चिनियाँहरूले यस विशाल घाँसलाई खाना, यातायात, हतियारदेखि लिएर घर निर्माण, कागज र विभिन्न उपकरण बनाउन प्रयोग गर्दै आएका छन् ।
_ARlJ2uaRNi.jpg)
फुड एन्ड एग्रीकल्चर अर्गनाइजेसनका अनुसार चीनमा ७० लाख हेक्टर बाँसको जङ्गल छ । चीन बाँसका उत्पादनहरूको विश्वकै सबैभन्दा ठूलो उत्पादक र निर्यातक राष्ट्र हो ।
_FcCmU3YWCu.jpg)
अनुमानित तथ्याङ्कअनुसार विश्वमा बर्सेनि करिब ३०-४० करोड मेट्रिक टन प्लास्टिक फोहोर उत्पादन हुन्छ । यस परिप्रेक्ष्यमा, बाँस बहुआयामिक र सजिलै कुहिन सक्ने गुणका कारण प्लास्टिकको एक भरपर्दो र वातावरणमैत्री विकल्पका रूपमा उदाएको छ ।
_Mwui7ewFVr.jpg)
चीनमा प्लास्टिकलाई बाँसले प्रतिस्थापन गर्ने अभियानको अग्रपङ्क्तिमा चच्याङ, फुच्यान, सिचुआनजस्ता प्रमुख बाँस उत्पादक प्रान्तहरू रहेका छन् । चच्याङ प्रान्तको उत्तरपश्चिमी भागमा अवस्थित आन्जी काउन्टीमा त बाँसले प्लास्टिकका विभिन्न सामग्रीलाई प्रतिस्थापन गरिसकेको छ ।
_ovgjwViPEe.jpg)
यहाँ एकपटक प्रयोग हुने टेकअवे कटलरीदेखि लिएर होटल तथा होमस्टेमा प्रयोग हुने ब्रस र काइँयोसम्ममा बाँसको प्रयोग हुन थालेको छ । बाँसको जङ्गल र बाँस प्रयोगको लामो इतिहास बोकेको आन्जी काउन्टी अहिले प्लास्टिकको विकल्पमा बाँसको प्रयोग बढाउने सन्दर्भमा एक उत्कृष्ट नमुना बनिरहेको छ ।
_he20Dbm8uZ.jpg)
सन् २०२३ मा चीनले प्लास्टिकको विकल्पका रूपमा बाँसको औद्योगिक विकासलाई तीव्रता दिन तीनवर्षे योजना सार्वजनिक गर्यो, जसमा आन्जीलाई पहिलो नमुना आधारको रूपमा तोकिएको थियो । आन्जीमा भने सन् २०२२ देखि नै स्थानीय सरकारका क्यान्टिन र सम्बद्ध निकायहरूमा प्लास्टिकका फुड ट्रेलाई बाँसका ट्रेहरूले प्रतिस्थापन गर्न थालिएको थियो ।
_fGPjumEYGg.jpg)
बाँस उत्पादन प्रदर्शनी केन्द्रमा बाँसका कटलरी, स्ट्र र प्याकेजिङ बक्सदेखि बाँसको धागोबाट बनेका ओछ्यान र लुगाहरूसम्म राखिएका छन्, जसले प्लास्टिकको विकल्पका रूपमा बाँसको सम्भावनालाई झल्काउँछन् ।
_UcQutfcyGl.jpg)
आन्जीमा बाँसका कटलरी, ब्रस, काइँयो र टुथपेस्टको व्यापक प्रयोग हुन्छ । काउन्टीका ३०० भन्दा बढी रेस्टुरेन्ट र होटलहरूमा बाँसका भाँडाकुँडा प्रयोग गरिन्छ ।
_jbJtFsS5U5.jpg)
स्थानीय बजारमा प्लास्टिकका झोलालाई ६० प्रतिशत बाँसको धुलोबाट बनेका बायोडिग्रेडेबल झोलाले विस्थापित गरेका छन् । यी झोला एक वर्षभित्रै कुहिएर माटोमा मिल्छन् र प्लास्टिकका झोलाभन्दा बलिया पनि हुन्छन् ।
_tMpRolWckL.jpg)
आन्जीका किन्डरगार्टेनहरूले पनि बालबालिकालाई खेल्न प्लास्टिकका सट्टा बाँसबाट बनेका खेलौना प्रयोग गर्न थालेका छन् ।
_PotTB59m4U.jpg)
स्थानीय वन विभागको एक तथ्याङ्क अनुसार आन्जीमा बर्सेनि ४ देखि ५ लाख टन बाँस उत्पादन हुन्छ । एक बहुआयामिक सामग्री बन्ने यात्रामा बाँसले विभिन्न प्रशोधन प्रक्रिया पार गर्छ । निर्माण सामग्री, कप र स्ट्रजस्ता कतिपय उत्पादनहरू भौतिक प्रशोधनमार्फत सीधै बाँसबाट बनाइन्छन् भने प्रेस गरिएका ट्रे, बाँसको धागोबाट बनेका लुगा र बाँसको पल्पबाट बनेका प्याकेजिङ सामग्रीहरू रासायनिक प्रशोधनमार्फत तयार पारिन्छन्।
_n9EJ5ptM7d.jpg)
प्रशोधन प्रविधिमा आएको सुधारसँगै अहिले बाँसका उत्पादनहरू थप टिकाउ र यस्ता सीमितताप्रति प्रतिरोधी बनेका छन् । उदाहरणका लागि, उच्च तापक्रममा ‘कार्बोनाइजेसन’ गरेर बाँसलाई चारकोलमा परिणत गरिन्छ, जसको प्रयोग ढुसी नलाग्ने कुर्सी र चपस्टिक बनाउन गरिन्छ ।
कुनै बेला जङ्गलमै खेर जाने बाँसका बोक्राहरूलाई अहिले प्रेस गरेर टेकअवे र क्याम्पिङमा प्रयोग हुने फुड ट्रे वा प्लेट बनाउन थालिएको छ ।
_qIgTUqhotd.jpg)
बाँसको फाइदा यसको लचकता र बलियोपनमा मात्र सीमित छैन; यो निकै छिटो बढ्ने र नवीकरणीय पनि छ । एउटा रूख हुर्कन एक दशकभन्दा बढी समय लाग्न सक्छ, तर बाँस चारदेखि छ वर्षमै परिपक्व हुन्छ । यसले गर्दा फेरि नरोपीकन धेरैपटक काट्न सकिन्छ ।
_TBlAIc0EFG.jpg)
आन्जीमा बाँसको औद्योगिक विकासले स्थानीय समुदायलाई पनि फाइदा पुर्याइरहेको छ । गाउँलेहरू बाँस काटेर आम्दानी गर्छन् भने बाँसको उच्च कार्बन सञ्चय क्षमताले कार्बन क्रेडिट एक्सचेन्जमार्फत थप आम्दानीको बाटो खुलाएको छ ।
_8k8AWeJHOT.jpg)
करिब एक हजार उद्योग यस क्षेत्रमा संलग्न रहँदा बाँस आन्जीको अर्थतन्त्रको आधारस्तम्भ बनेको छ । आन्जीले २० वर्षअघि वर्तमान राष्ट्रपति तथा तत्कालीन चिनियाँ कम्युनिस्ट पार्टी चच्याङ प्रान्तीय कमिटीका सचिव सी चिनफिङले अघि सारेको ‘सफा पानी र हरिया पहाड अमूल्य सम्पत्ति हुन्’ (Lucid waters and lush mountains are invaluable assets) भन्ने दर्शनलाई आत्मसात् गर्दै आएको छ ।
_eUEvtoIx4d.jpg)
सन् २०२३ मा आन्जीको बाँस उद्योगले करिब १८ अर्ब युआन राजस्व सङ्कलन गरेको थियो । बाँसका उत्पादन युरोप, जापान, अमेरिका र दक्षिणपूर्वी एसियालगायत स्वदेशी तथा विदेशी बजारमा खपत हुन्छन् ।
_htX1bUifoa.jpg)
प्लास्टिकको विकल्पका रूपमा बाँसको भविष्य उज्ज्वल देखिए पनि उपभोक्ताको दृष्टिकोण परिवर्तन हुन समय लाग्ने देखिन्छ । अहिले आन्जी काउन्टी बाँसको सम्भावनालाई काठ र प्लास्टिकमा मात्र सीमित नराखी स्टिल, ग्यास र खाद्यान्नको विकल्पका रूपमा समेत विकास गर्न खोजिरहेको छ ।
_mMk1RI09VR.jpg)
बाँसमा रहेको उच्च क्यालोरीका कारण यसलाई नवीकरणीय ऊर्जाको स्रोतको रूपमा, कडापनका कारण निर्माण सामग्रीको रूपमा, स्वास्थ्यवर्धक खानाको रूपमा र कस्मेटिक्समा बायोमास सामग्रीको रूपमा प्रयोग गर्न सकिन्छ ।
_aURasxyyVy.jpg)
_3iYB0mAb2j.jpg)
_orrmhAPGgu.jpg)
_sIYrt2WeqY.jpg)
_KC0WSQ3cMm.jpg)
_qp90S47FxT.jpg)
_pp2fbwt9qd.jpg)
_Oe93YxX21i.jpg)
_fHHnDJdQJL.jpg)
_L1PJAoQY6o.jpg)
_PX6l5NHmD8.jpg)
_Rxc4tZKNdp.jpg)
_oqGYm8HK8b.jpg)
_9nk3lvUlHt.jpg)
_W7oG1bvuu4.jpg)
_QzmAzw5c4I.jpg)
_1lLhFRIBTs.jpg)
_M12d3yBJdh.jpg)
_5h3ojyprEl.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनमा कति हुन्छन् प्रतिनिधि सहभागी ?
-
रास्वपा महाधिवेशन स्थलतर्फ सवारी साधन प्रवेशमा रोक, चितवनको सुरक्षा व्यवस्था कडा (तस्बिरहरु)
-
आधुनिक समाजमा बढ्दैछ योगको महत्त्व
-
ट्युनिसियाविरुद्ध चौथो मिनेटमै जापानको अग्रता
-
ट्युनिसिया र जापानबिचको खेल सुरु, दुवै टोली पहिलो जितको खोजीमा
-
योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण