बागमती गोल्डकप : नव जनजागृती सेमिफाइनलमा
मकवानपुर । त्रिभुवन आर्मी क्लबलाई हराउँदै सिमराको नव जनजागृती क्लब बागमती गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार सम्पन्न खेलमा जित निकाल्दै नव जनजागृती क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको हो ।
जनजागृतीले शुक्रबार बागमती–४ स्थित सहिद स्मृति रङ्गशालामा भएको खेलमा आर्मीलाई टाइब्रेकरमा ४–३ गोलले हराएको हो। निर्धारित खेल समय १–१ गोलको बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
आर्मीका लागि कप्तान भरत खवासले खेलको ८ औँ मिनेटमा र जनजातृतीका सन्तोष गोङ्बाले दोस्रो हाफको अतिरिक्त समय ९३ औँ मिनेटमा गोल गरे। नव जनजागृतीका लागि टाइब्रेकरमा सुदिप लामा, रन्जय चौधरी, विक्रम थोकर, सन्तोष गोङ्बाको प्रहार गोलमा परिणत भयो भने समीर नेपालीको प्रहार गोलपोष्टमा ठोकिएर फर्कियो ।
आर्मीका लागि दिनेश हेन्जन, पेम्बा दोर्जे लामा र जिलेस्पिजंग कार्कीको प्रहार गोलमा परिणत भए ।आर्मीका विमल पाण्डे र सुजन खत्रीका प्रहार सेभ गरेका सिमराका गोलरक्षक युनेश चौधरीले रोके । प्लेयर अफ दि म्याच चौधरी घोषित भए। उनले १० हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा आयोजकसहित १० टिम सहभागी छन् ।प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ, विधागत उत्कृष्टहरूले २५–२५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले १०–१० हजार प्राप्त गर्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहान उठ्ने बित्तिकै टाउको दुख्छ ?
-
पहिलो हाफमा १–१ को स्थितिमा इरान र न्युजिल्यान्ड
-
मध्यान्हका यी बानीले बिगार्न सक्छ मुटुको स्वास्थ्य
-
कञ्चनपुरको स्थानीय तहहरूले नदीजन्य पदार्थ उत्खननमा रोक लगाए
-
कानेपोखरी ठगी प्रकरण : थप ११ पीडितद्वारा संयुक्त उजुरी, क्यान्सर रोगीदेखि बाख्रापालकसम्मको उठीबास
-
जी ७ लाई पत्र –‘अर्को महामारीले हामीलाई पर्खिरहँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण