राष्ट्रपति पौडेलद्वारा थप तीन अध्यादेश जारी
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार तीनवटा नयाँ अध्यादेश जारी गरेका छन्। नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम ती अध्यादेशहरू जारी गरेका हुन्।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार जारी गरिएका अध्यादेशहरूमा 'स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३', 'सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३' र 'विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३' रहेका छन्।
शुक्रबार राष्ट्रपति पौडेलले सम्पत्ति शुद्धीकरण(मनी लाउण्डरिङ्ग) निवारण तेस्राे संशाेधन अध्यादेश,२०८३ जारी गरेका हुन्। यसअघि राष्ट्रपतिले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश २०८३ र सहकारीसम्बन्धी अध्यादेश जारी गरेका थिए ।
संसद्को अधिवेशन रोकेर सरकारले तत्काल आवश्यक ठानेका यी विषयहरूलाई कानुनी रूप दिन अध्यादेशको बाटो रोजिएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा लाल धरेललाई ‘कर्पोरेट फर्निचर इन्डष्ट्री एक्सिलेन्स’ अवार्ड
-
दक्षिण अफ्रिकी खेलाडी म्बाथा निलम्बित, दक्षिण कोरियाविरुद्धको खेल गुमाउने
-
२९ व्यक्ति तथा संस्थालाई कर्पोरेट बिजनेस अवार्ड प्रदान
-
मोबाइलको एक क्लिकमै भारतबाट नेपाल पैसा पठाउन सकिने
-
चेक रिपब्लिकलाई पहिलो हाफमा १–० को अग्रता
-
राष्ट्रिय परिचयपत्र आफैँले डाउनलोड गर्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण