शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

राजनीतिक नियुक्ति खारेजबारे कांग्रेस–अब हुने नियुक्ति पनि राजनीतिक नै हो

आइतबार, २० वैशाख २०८३, ०९ : २७
आइतबार, २० वैशाख २०८३

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेसँगै अघिल्ला सरकारले गरेका राजनीतिक नियुक्ति खारेज हुने भएको छ ।
  • नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले दलको सरकारले गर्ने सबै नियुक्ति राजनीतिक हुने र अव हुने नियुक्ति पनि राजनीतिक नै हुने जिकिर गरेका छन् ।
  • चालिसेले पुराना नियुक्तिलाई दलीय भनेर बदनाम गर्ने र नयाँलाई सुधारको नाम दिने क्षणिक राजनीति नगर्न आग्रह गरेका छन् ।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेसँगै अघिल्ला सरकारले गरेका राजनीतिक  नियुक्ति खारेज हुने भएको छ । यसबारे नेपाली कांग्रेसले आफ्नो धारणा सार्वजनिक गरेको छ । 

पार्टी प्रवक्ता देवराज चालिसेले दलको सरकारले गर्ने सबै नियुक्ति राजनीतिक नै हुने भएकोले अब हुने नियुक्ति पनि राजनीतिक नै हुने जिकिर गरेका छन् । उनले भने–'कार्यपालिकाले आफ्नो नीति कार्यान्वयन गर्न अनुकूल व्यक्ति खोज्नु अस्वाभाविक भन्न मिल्दैन ।  त्यसैले पुराना नियुक्तिलाई दलीय भनेर बदनाम गर्ने र नयॅालाई सुधारको नाम दिने क्षणिक राजनीति नगरौँ । '

उनी भन्छन्– 'रास्वपा भित्र पनि पूर्व काग्रेस, एमाले,माओवादी,राप्रपा लगायतका कैयन नेता र कार्यकर्ता छन्। अरू दलका पालामा भएका नियुक्तिलाई दलीय आरोपमा सामूहिक रूपमा अस्वीकार गरिन्छ भने आफ्नो पार्टी भित्रका दलीयहरूको भविष्य के हुने हो ? सरकारले ल्याएको नीतिको समर्थन गर्न पाइन्छ। यसको अर्थ अरूलाई निन्दा, अरू जति सबै अयोग्य ? यहाँ निर्दलीय कोही छैन, रास्वपा पनि दल नै हो।' 

चालिसेले थप भनेका छन्– 'मत दिनु र कार्यकर्ता हुनु फरक कुरा हो। व्यक्ति एक,नाता अनेक हुन्छ ।कसैको छोरा अर्काको ज्वाइँ हुन सक्छ, त्यही व्यक्ति कसैको भान्जा हुन सक्छ । सबै ठाउँमा उसले आफ्नो भूमिका निभाएकै हुन्छ । समाजमा विचार र सोच नभएको मान्छे हुँदै हुँदैन । कसैले आस्था र विचार राखेकै आधारमा योग्यलाई पनि अयोग्य घोषणा गर्ने र यो स्तरमा घृणा र निन्दा गर्ने संस्कृतिले यो समाजलाई कहाँ पुर्याऊछ ?'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप