बालेनले विधि मासेर शासन गर्न खोजे : प्रभु साह
सिराहा । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकार र यसका नेतृत्वले विधि मासेर शासन गर्न खोजेको टिप्पणी गरेका छन् ।
अध्यक्ष साहले प्रधानमन्त्री बालेन्द्र शाहले विधि मासेर बल प्रयोग गर्दै लामो समयसम्म शासन गर्न खोजेको संकेत मिलेको भन्दै यस्तो शासन नेपाली जनतालाई अस्विकार्य हुने चेतावनी दिएका हुन् ।
आइतबार सिराहाको गोलबाजारमा पार्टीले आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसद् छलेर अध्यादेशबाट शासन गरिनु संसदीय लोकतन्त्रको उपहास भएको भन्दै जननिर्वाचित सर्वोच्च थलो संसद्को सर्वोच्चता कायम गर्न सुझाव दिए । विगतमा केपी ओलीले अध्यादेशबाट शासन गर्न खोज्दा र संसद्को अपमान गर्दा व्यहोरेको राजनीतिक क्षतिलाई पनि स्मरण गर्न उनले वर्तमान सरकार र रास्वपा नेतृत्व पंक्तिलाई सुझाव दिए ।
उनले नेपाली जनताले कांग्रेस, एमाले र नेकपाजस्ता पूराना दलको दलतन्त्र र नेतातन्त्रको विरुद्धमा रास्वपालाई अभूतपूर्व जनमत दिएको भन्दै वर्तमान सरकारले जनमतको सही सदूपयोग गर्नुपर्नेमा अहिले सरकार उल्टो बाटोमा हिँडेको आरोप लगाए ।
बालेनले जित्दा रामराज्य बन्छ भन्नेहरु नै अहिले एक महिनामै बालेनको शासन देखेर ‘राम राम’ भन्ने अवस्थामा पुगेको पनि पूर्वमन्त्री साहले टिप्पणी गरे । उनले भने,'बालेनसँग धैर्यता देखिएन । हतार गर्दा दुई तिहाई बहुमत नै धरापमा पर्ने जोखिम पनि बढ्यो, यो कुरा रास्वपा नेतृत्व पंक्तिले राम्रोसँग हेक्का राख्दा हुन्छ । यो सरकारले जताततै हात हालेर असफलताको मार्गमा हिँडेको संकेत देखायो । यसले मुलुक र जनतालाई ठूलो घाटा छ ।'
उनले सुकुमबासी बस्ती खाली गराउनको लागि नेपाली सेना नै फिल्डमा खटिएको र सोसम्बन्धी सार्वजनिक सूचना जारी गरेकोमा पनि आपत्ति जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण