शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सिन्धुपाल्चोकमा अरनिको राजमार्ग पूर्णरुपमा अवरुद्ध

सोमबार, २१ वैशाख २०८३, १० : २०
सोमबार, २१ वैशाख २०८३

काठमाडौँ । बाढी तथा पहिरोका कारण देशका ४ राजमार्गमा सवारी साधनको आवागमनमा अवरोध सिर्जना भएको छ । नेपाल प्रहरीका अनुसार भोजपुर, सिन्धुपाल्चोक, म्याग्दी र लमजुङका मुख्य राजमार्गमा अवरोध सिर्जना भएको हो ।

यसमध्ये, पहिरोका कारण सिन्धुपाल्चोकको अरनिको राजमार्ग पूर्णरुपमा अवरोध रहेको छ । यसैगरी, भोजपुरको मध्यपहाडी लोकमार्ग, म्याग्दीको बेनी जोमसोम सडकखण्ड र लमजुङको मध्यपहाडी लोकमार्ग भने एकतर्फी सुचारु रहेका छन् ।

686605792_1284737617122092_9204106743609326298_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप