राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनको प्रवर्द्धन गरिँदै
सोमबार, २१ वैशाख २०८३, १४ : ४३
काठमाडौँ । बागमती प्रदेश सरकारले चार वटा राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनको विकास गर्ने भएको छ।
प्रदेशमा रहेका राष्ट्रिय निकुञ्जमा दिगो पर्यटन विकासको बलियो आधार प्रदान गर्न चार वटा निकुञ्जलाई छनोट गरिएको प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले जनाएको छ । प्रदेशका लाङटाङ, शिवपुरी–नागार्जुन, चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा पर्यापर्यटन प्रवर्द्धन गर्ने तयारी गरिएको प्रदेश मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले जानकारी दिए।
यी चार निकुञ्ज क्षेत्रका जैविक विविधता, वन्यजन्तु अवलोकन, पदयात्रा र प्रकृतिमैत्री पर्यटनका लागि अत्यन्त उपयुक्त रहेको उनले बताए । चार वटै निकुञ्ज क्षेत्रमा पर्यापर्यटन प्रवर्द्धनका लागि आधार तय गर्ने गरी काम सुरु गरिएको मन्त्रालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीले ल्यायो ३३ अर्ब ९९ करोडको बजेट, के छन् बजेटका प्राथमिकता ? (पूर्णपाठ)
-
सुदूरपश्चिम प्रदेशको बजेट भाषणमा ढिलाइ
-
लुम्बिनी प्रदेशमा स्थानीय तहका लागि ५ अर्ब ५२ करोड विनियोजन
-
काेशी प्रदेश सरकारले ल्यायाे ४० अर्ब ४४ करोड ५८ लाखको बजेट (पूर्णपाठ)
-
बागमतीमा खानेपानी र सिँचाइ मन्त्रालयका लागि ८ अर्ब ९० करोड रुपैयाँ बजेट
-
कहाँ अड्कियो ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्ति प्रक्रिया ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण