पुण्यमाता खोलाको बहावमा स्कुल बस फसेपछि ३५ विद्यार्थीको उद्धार
सोमबार, २१ वैशाख २०८३, २० : ३५
सारांश
- काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–५ मा पुण्यमाता खोलाको बहावमा स्कुल बस फसेको छ।
- सोमबार वर्षासँगै खोलाको बहाव बढेपछि लिन इन्टरनेशनल बोर्डिङ स्कुलको बस डुबानमा परेको हो।
- सशस्त्र प्रहरीको टोलीले बसमा सवार ३५ जना विद्यार्थीको सकुशल उद्धार गरेको छ।
काठमाडौँ । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–५ स्थित पुण्यमाता खोलामा स्कुल बस डुबानमा परेको छ ।
सोमबार वर्षासँगै खोलाको बहाव बढेपछि लिन इन्टरनेशनल बोर्डिङ स्कुलको बस डुबानमा परेको हो । धुलिखेल–५ स्थित श्रीखण्डपुरमा बस डुबानमा परेपछि स्कुल बसमा सवार विद्यार्थीहरूलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रबिन विष्टले रातोपाटीलाई बताए ।
सशस्त्र प्रहरीको टोलीले ३५ जना विद्यार्थीको उद्धार गरेको हो । सशस्त्र प्रहरीको नम्बर–१५ गणका सुरक्षाकर्मीहरूले विद्यार्थीहरूको सकुशल उद्धार गरेका हुन् ।
बाढीका कारण काभ्रेको बनेपा, पनौती र धुलिखेल क्षेत्रमा नदीको बहाव बढेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीले ल्यायो ३३ अर्ब ९९ करोडको बजेट, के छन् बजेटका प्राथमिकता ? (पूर्णपाठ)
-
सुदूरपश्चिम प्रदेशको बजेट भाषणमा ढिलाइ
-
लुम्बिनी प्रदेशमा स्थानीय तहका लागि ५ अर्ब ५२ करोड विनियोजन
-
काेशी प्रदेश सरकारले ल्यायाे ४० अर्ब ४४ करोड ५८ लाखको बजेट (पूर्णपाठ)
-
बागमतीमा खानेपानी र सिँचाइ मन्त्रालयका लागि ८ अर्ब ९० करोड रुपैयाँ बजेट
-
कहाँ अड्कियो ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्ति प्रक्रिया ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण