१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
सारांश
- भारत र चीनले नेपाली भूमि लिपुलेकलाई व्यापारिक नाकाका रूपमा प्रयोग गर्ने सहमति गरेसँगै नेपालले कूटनीतिक नोटमार्फत असहमति जनाएको छ ।
- नेपाली कांग्रेसले तोकिएको समयमा महाधिवेशन गर्न असफल भएका आफ्ना भ्रातृ संगठनहरूलाई विघटन गरेको छ ।
- सरकारले राष्ट्रपतिबाट फिर्ता पठाइएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनः राष्ट्रपतिसमक्ष पठाएको छ ।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–
१. लिपुलेक विवाद समाधानको बाटो के ?
भारत र चीनले नेपाली भूमि लिपुलेकलाई व्यापारिक नाकाका रूपमा प्रयोग गर्ने सहमति गरेसँगै नेपालले कूटनीतिक नोटमार्फत दुवै देशसमक्ष आफ्नो असहमति प्रकट गरेको छ । कूटनीतिक मामिलाका जानकार भने यो विवादलाई कूटनीतिक माध्यमबाटै समाधानका लागि पहल गर्नुपर्नेमा जोड दिन्छन् ।
२. महाधिवेशन गर्न असफल भ्रातृ संगठन विघटन गर्यो कांग्रेसले
नेपाली कांग्रेसले महाधिवेशन गर्न असफल आफ्ना भ्रातृ संगठन विघटन गरेको छ । सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तोकिएको समयसीमाभित्र महाधिवेशन गर्न नसक्ने र अधिवेशनको आधारसमेत नदेखिएका भ्रातृ संगठनका केन्द्रीय समिति स्वतः विघटन भएको ठहर गरेको हो ।
३. सरकारले फेरि पठायो संवैधानिक परिषदसम्बन्धी अध्यादेश
सरकारले संवैधानिक परिषदको काम, कर्तव्य र अधिकार सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाएको छ । राष्ट्रपतिले फिर्ता पठाएको भोलिपल्टै सरकारले फेरि उक्त अध्यादेश जारी गर्न सिफारिस गरेको हो ।
४. बागमतीका मुख्यमन्त्रीको घर र कार्यालयमा छापा
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर तथा कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सोमबार छापा मारेको छ ।
५. राज्य व्यवस्था समितिको बैठकमा गएनन् बालेन
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह उपस्थित नभएपछि सोमबार राज्य व्यवस्था समितिको बैठक नबसी स्थगित गरिएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री बालेन अनुपस्थित भएका हुन् ।
६. नेपाल उद्योग वाणिज्य महासंघमा दुई प्यानलबिच प्रतिस्पर्धा
नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि दुई प्यानलबिच प्रतिस्पर्धा हुँदैछ । महासंघको विद्यमान विधान अनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष हुँदैछन् । वरिष्ठ उपाध्यक्षदेखि अन्य पदमा प्यानल बनाएर प्रतिस्पर्धा हुन लागेको हो । मंगलबार हुने निर्वाचनमा ७३ पदका लागि १३७ जनाले उम्मेदवारी दिएका छन् ।
७.अध्यादेशको ’असर’
पूर्ववर्ती सरकारले गरेका झण्डै १६ सय नियुक्ति एकमुष्ठ खारेज भएसँगै यतिबेला राजनीतिक माहोल फेरि तातेको छ ।
सुकुमबासी बस्ती भत्काएको विषय सेलाउन नपाउँदै बालेन्द्र शाह नेतृत्वको सरकारले १०८ संस्थाका १५ सय ९४ वटा राजनीतिक नियुक्ति पाएकाहरूलाई एकैपटक पदमुक्त गरायो ।
आइतबार सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेका छन् । यो अध्यादेश नेपाल राजपत्रमा प्रकाशित भएसँगै २०८२ चैत १२ गते वा त्यसअघि नियुक्त भएका सबै पदाधिकारीका पदहरू स्वतः रिक्त हुनेछन् ।
८. मोरङमा पनि कम छैन भूमिसम्बन्धी समस्या
देशभर अहिले सरकारी जमिन अतिक्रमणका घटनाविरुद्ध सरकारले कारबाही अघि बढाएको छ । अतिक्रमित जग्गा खाली गराउने अभियान चलिरहेको समयमा मोरङमा पनि यो समस्या विकराल देखिएको छ ।
९. रास्वपाबाट स्थानीय तहको उम्मेदवार बन्न कुलिङ पिरियड अनिवार्य
रास्वपाबाट स्थानीय तहको उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूलाई कुलिङ पिरियड लागु हुने भएको छ । कुलिङ पिरियडमा सामान्य र विशेष गरी दुई खालका व्यवस्था गरिएको छ ।
१०. नागढुंगा सुरुङमार्ग साउनदेखि सर्वसाधारणका लागि खुला हुने
नेपालकै पहिलो आधुनिक सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला’ सुरुङमार्गको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । जेठदेखि परीक्षण सुरु गरी आगामी साउनदेखि सर्वसाधारणका लागि खुला गर्ने तयारी भएको छ ।
११. संसदीय दलमा सबै पदाधिकारी नियुक्त गर्न सभामुखको सुझाव
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई संसदीय दलका पदाधिकारीहरूको पदपूर्ति गर्न सुझाव दिएका छन् ।
१२. आईपीएल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान तनावले पश्चिम एसिया युद्धविराममा चुनौती
-
नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न क्रस रिभर बैंकले थाल्यो अभियान
-
सीमापारको संवेदना : किन रुचाइँदै छ ‘मे वापस आऊंगा’ ?
-
नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न समन्वय र सहकार्य आवश्यक छ : मुख्यमन्त्री शाह
-
इरानद्वारा अमेरिकी आक्रमणको जवाफी आफमण
-
इन्डोनेसियामा सरकार विरोधी प्रदर्शन, दर्जनौँ पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण