रास्वपा महामन्त्री शाहको समितिले थाल्यो काम
मङ्गलबार, २२ वैशाख २०८३, १२ : ३४
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकार, सदन र पार्टीबिच सहजीकरणको लागि महामन्त्री भूपदेव शाहको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरी काम सुरु गरेको छ ।
- समितिले सरकारले गरेका कामको अनुगमन गर्नुभन्दा पनि सहजीकरण गर्ने र रास्वपाकै सरकार भएकाले सरकार, संसद र पार्टीबिच पुलको भूमिका निर्वाह गर्नेगरी काम गर्नेछ ।
- सातै प्रदेशबाट प्रतिनिधित्व रहने यस समितिले जनगुनासा तत्काल सम्बोधन गर्ने गरी सहजीकरणको काम गर्नेछ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकार, सदन र पार्टीबिच सहजीकरणको लागि महामन्त्री भूपदेव शाहको संयोजकत्वमा गठन गरेको समितिले काम सुरु गरेको छ ।
वैशाख ७ गते बसेको केन्द्रीय समिति बैठकले शाहको नेतृत्वमा ९ सदस्यीय समिति बनाउने निर्णय गरेको थियो । संयोजक शाहले काम सुरु भइसकेको जानकारी दिए ।
‘हामीले काम सुरु गरिसकेका छौँ । सरकारले गरेका कामको अनुगमन गर्नुभन्दा पनि सहजीकरण गर्ने हिसाबले समिति बनाइएको हो । रास्वपाकै सरकार भएकाले सरकार, संसद र पार्टीबिच पुलको भूमिका निर्वाह गर्नेगरी काम गर्नेछ’, रातोपाटीसँग शाहले भने ।
यस समितिमा सातै प्रदेशबाट प्रतिनिधित्व रहने गरी सदस्य रहेका छन् । यसले जनगुनासा तत्काल सम्बोधन गर्ने गरी सहजीकरणको काम गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तपाईँको दिमाग पनि समयभन्दा पहिले नै बूढो भइरहेको छ कि ?
-
गर्मीमा मोही खाँदा यी रोग पनि हुन्छन् टाढा
-
बुडिमिरको गोलमा क्रोएसियाको जित, पानामा समूह चरणबाटै बाहिरियो
-
लन्डनमा नेपाली विद्यार्थीको रहस्यमय मृत्यु
-
रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री शाहका सचिवालयका तीन जनाको उम्मेदवारी
-
मनसुनी वायु फैलिने क्रम जारी, आज कहाँ-कहाँ हुनेछ वर्षा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण