७६ हजार बचतकर्ताको ४६ अर्ब बचत फिर्ता गर्न बाँकी
सारांश
- समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ७६ हजार बचतकर्ताहरुको करिब रु ४६ अर्ब बचत फिर्ता बाँकी रहेको जनाएकाे छ।
- समितिले आगामी जेठको पहिलो हप्तादेखि मागदाबीकर्ता बचतकर्ताहरुको बचत फिर्ता गर्ने कार्य सुरु गर्ने जनाएको छ।
- समितिले कर्जा असुलीका लागि कानून बमोजिमको कठोर नीति अबलम्बन गर्ने र ऋणीहरुको तीनपुस्ते नामावली प्रकाशन गर्ने जनाएको छ।
काठमाडाैँ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ७६ हजार बचतकर्ताहरुको करिब रु ४६ अर्ब बचत फिर्ता बाँकी रहेको जनाएकाे छ। समितिले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै समस्याग्रस्त सहकारीहरूमा ७६ हजार बचतकर्ताहरुको करिब रु ४६ अर्ब बचत फिर्ता बाँकी रहेको जनाएकाे हाे।
समस्याग्रस्त घोषित सहकारीहरूको विविध समस्याको पहिचान, समाधान र व्यवस्थापनका लागि समिति प्रतिबद्ध रहेकाे समितिका सदस्य सचिव रविन ढकालले जानकारी दिए ।
निरन्तर ऋण असुली र बचत मिलानको कार्य गरिनुका साथै आन्तरिक कार्यव्यवस्थामा पुनःसंरचना, विभिन्न सरोकारवालाहरुसँग छलफल, कार्ययोजना निर्माण कार्यमा समिति निरन्तर क्रियाशील रहकाे विज्ञप्तिमा उल्लेख छ। आगामी जेठको पहिलो हप्तादेखि मागदाबीकर्ता बचतकर्ताहरुको बचत फिर्ता गर्ने कार्य सुरु हुनेछ।
अहिलेसम्म समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको खातामा ३५ करोड जम्ममा भइसकेको समितिले जनाएको छ।
समितिको कार्यसम्पादन योजना र कार्यशैलीप्रति बचतकर्ताहरुलाई जानकारी गराउन र कर्जा भुक्तानीतर्फ ऋणीहरुको ध्यानाकर्षण तथा खबरदारी गर्न समितिको कार्ययोजना समेत सावर्जनिक गरिएकाे छ ।
- बचत फिर्ता कार्य आरम्भ गर्ने र कर्जा असुलीमा प्राथमिकता दिने नीति अबलम्बन गरिने,
- मागदाबीकर्ता बचतकर्ताहरुको बचत फिर्ता गर्ने कार्य आगामी जेठको पहिलो हप्ताबाट आरम्भ हुने,
- मागदाबी छूट भएका बचतकर्ताहरुको पुनः मागदाबी गर्ने समय आगामी श्रावणको पहिलो हप्तामा खुला गरिने,
- बचत मिलानको लागि वैज्ञानिक र न्यायपूर्ण कार्यविधि निर्माण गर्ने,
- नेपाल सरकारबाट चक्रीय कोषमा विनियोजित रकम सम्बन्धित समितिको कोषबाट नपुग हुन गएमा सापटीका रुपमा मात्र खर्च गरिने,
- कर्जा असुलीका लागि समितिले कानून बमोजिमको कठोर नीति अबलम्बन गर्ने,
- किस्ताबन्दीका साथ कर्जा भुक्तानी गर्न लिखित प्रतिबद्दता व्यक्त गर्दै निश्चित कर्जा रकम दाखिला गर्ने ऋणीहरुलाई यथोचित समय उपलब्ध गराउने,
- कर्जा असुलीका लागि दबाबमूलक कार्यहरुमध्ये ऋणीहरुको तीनपुस्ते नामावली प्रकाशनको कार्य र परिवारका सदस्यहरु समेतको नाम कालो सूचिमा समावेश गरिने,
- गुनासो व्यवस्थापन र सूचना सम्प्रेषणको कार्य नियमित रुपमा गरिने।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण