बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक बिदा
मङ्गलबार, २२ वैशाख २०८३, १५ : ३६
मकवानपुर । बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक बिदा दिने भएको छ । बागमती प्रदेश सरकारले भाषा दिवसको अवसरमा २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने भएको हो ।
गत चैत २३ गते प्रकाशित सूचना बमोजिम वैशाख २४ गते बिहीबार प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा बागमती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको हो ।
उक्त दिन प्रदेशभर सार्वजनिक संस्था तथा विद्यालय बन्द हुनेछन् । बागमती सरकारले २०८० वैशाख २४ गते प्रदेश सरकारी काम काजको भाषा सम्बन्धी ऐन कार्यान्वयन गर्दै उक्त दिनलाई भाषा दिवस मनाउँदै आएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण