शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

मेट गाला २०२६ : फेसनको महाकुम्भमा सेलिब्रेटीको अनौठो र कलात्मक रूप (तस्बिरहरु)

‘कस्ट्युम आर्ट’ थिममा सजिए विश्वचर्चित अनुहार
मङ्गलबार, २२ वैशाख २०८३, १७ : १३
मङ्गलबार, २२ वैशाख २०८३

सारांश

  • मेट गाला २०२६ न्यूयोर्कमा 'कस्ट्युम आर्ट' थिममा भव्यताका साथ सम्पन्न भएको छ।
  • कार्यक्रमले फेसन डिजाइनर र सेलिब्रेटीहरूलाई कलात्मक क्षमता प्रदर्शन गर्ने अवसर दिएको छ।
  • यस वर्षको कार्यक्रममा बियोन्से, निकोल किडम्यान, भेनस विलियम्स र एना विन्टोरले सह-अध्यक्षता गरेका थिए।

न्यूयोर्क । फेसन क्षेत्रकै सबैभन्दा ठूलो र प्रतिष्ठित मानिने ‘मेट गाला २०२६’ न्यूयोर्कमा भव्य रूपमा सम्पन्न भएको छ। 

विश्वभरका प्रख्यात सेलिब्रेटीहरू यस वर्षको विशेष थिम ‘कस्ट्युम आर्ट’ मा सजिएर रेड कार्पेटमा उत्रिएका छन्। 

met gala (1)

आयोजकहरूले यसपटक सहभागीहरूलाई भव्य र काल्पनिक शैलीका पहिरनमा नयाँ प्रयोग गर्न आग्रह गरे अनुसार सेलिब्रेटीहरूले रेड कार्पेटमा कलाको जादु देखाएका हुन्।

met gala (2)

हरेक वर्ष आयोजना हुने यो भब्य कार्यक्रम मेट्रोपोलिटन म्युजियम अफ आर्ट्स कस्ट्युम इन्स्टिच्युटको च्यारिटीका लागि कोष संकलन गर्ने माध्यम पनि हो। त्यसैले पनि फेसन डिजाइनर र सेलिब्रेटीहरूका लागि यो आफ्नो कलात्मक क्षमताको उत्कृष्ट प्रदर्शन गर्ने सुनौलो अवसर बन्ने गर्दछ। 

met gala (3)

यस वर्ष ब्रोडवेका चर्चित स्टार जोशुआ हेनरीले ब्यान्ड र डान्सरहरूको साथमा ‘आई वान्ट टु डान्स विथ समबडी’ गीत गाएर कार्यक्रमको नाटकीय र धमाकेदार सुरुवात गरे। उनले प्रस्तुति दिँदै गर्दा मेट गालाको ऐतिहासिक सिँढीहरूलाई हरियो लेउ लागेको इँटा र सुन्दर बगैँचाको रूपमा सजाइएको थियो।

met gala (5)

यस वर्षको मेट गालामा स्टारहरूको उपस्थिति निकै बाक्लो थियो। कार्यक्रमको सह–अध्यक्षता चर्चित गायिका बियोन्से, अभिनेत्री निकोल किडम्यान, टेनिस स्टार भेनस विलियम्स र भोग म्यागजिनकी ग्लोबल एडिटोरियल डाइरेक्टर एना विन्टोरले गरेका थिए। रेड कार्पेटमा पप आइकन मडोना, सब्रिना कार्पेन्टर, नाओमी ओसाका र एन्जेला ब्यासेट जस्ता चर्चित हस्तीहरूले क्यामेराका अगाडि पोज दिएका थिए।

met gala (6)

यसपटक कतिपय सेलिब्रेटीहरू त पहिचान गर्नै नसकिने गरी थिममा निकै डुबेर प्रस्तुत भएका थिए। ब्याड बन्नी, हाइडी क्लुम र केटी पेरी जस्ता कलाकारहरू आफ्नो अनौठो लुक्सका कारण चर्चाको शिखरमा रहे। धेरैजसो स्टारहरूले आफ्ना पहिरनमार्फत विश्वप्रसिद्ध कलाकार र उनीहरूका कलाकृतिलाई प्रत्यक्ष रूपमा प्रस्तुत गरेका थिए।

met gala (4)met gala (7)met gala (8)met gala (9)met gala (10)met gala (11)met gala (12)met gala (13)met gala (14)met gala (15)met gala (16)met gala (17)met gala (18)met gala (19)met gala (20)met-gala-_21_met-gala-_22_met-gala-_23_met-gala-_24_met-gala-_25_met-gala-_26_64b01ab0-4812-11f1-ac78-2112837ce2aa.jpgd71ccd40-4818-11f1-bd52-e755d604ece4.jpgeacbf360-480f-11f1-bd52-e755d604ece4.jpg

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप