प्राकृतिक चिकित्सालाई मुख्यधारको उपचार पद्धतिमा विकास गरौँ : मुख्यमन्त्री आचार्य
मङ्गलबार, २२ वैशाख २०८३, २० : ४५
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले योग तथा प्राकृतिक चिकित्सालाई मुख्यधारको उपचार पद्धतिका रूपमा विकास गर्नुपर्ने बताएका छन्।
मंगलबार सामुदायिक प्राकृतिक चिकित्सालय रजहरका नवलपरासी महाप्रबन्धक हरि सापकोटा सहितको टोलीसँगको भेटमा उनले यस क्षेत्रको विस्तारमा सरकार गम्भीर रहेको बताए ।
मुख्यमन्त्री आचार्यले नेपालको मौलिक तथा पूर्वीय दर्शनमा आधारित योग र प्राकृतिक चिकित्सालाई प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेटिएको जानकारी दिए।
उनले सातै प्रदेशले यस क्षेत्रलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।
छलफलमा योग तथा प्राकृतिक चिकित्सा वैकल्पिक नभई पहिलो रोजाइको उपचार पद्धति बनाउन जनचेतनामूलक कार्यक्रमलाई अभियानकै रूपमा सञ्चालन गर्नुपर्ने विषयमा समेत सहमति जुटेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण