आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

अध्यादेश जारी भएसँगै राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीहरू पदमुक्त

बुधबार, २३ वैशाख २०८३, ०९ : १३
बुधबार, २३ वैशाख २०८३

सारांश

  • नयाँ अध्यादेशका कारण राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पदाधिकारीहरू स्वतः पदमुक्त भएका छन्।
  • सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३ को दफा २ को उपदफा १ बमोजिम यो व्यवस्था लागू भएको हो।
  • युवा तथा खेलकुद मन्त्रालय र मन्त्रिपरिषद्बाट नियुक्त भएका पदाधिकारीहरू वैशाख १९ गतेदेखि लागू हुने गरी जिम्मेवारीबाट बाहिरिएका छन्।

काठमाडौँ । सरकारले ल्याएको नयाँ अध्यादेशका कारण राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पदाधिकारीहरू पदमुक्त भएका छन्। 

सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३ को दफा २ को उपदफा १ बमोजिम उनीहरू स्वतः पदमुक्त भएका हुन्। 

युवा तथा खेलकुद मन्त्रालय र मन्त्रालयको सिफारिसमा नेपाल सरकार मन्त्रिपरिषद्‍बाट नियुक्त भएका राखेपका पदाधिकारीहरू पदमुक्त भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यो कानुनी व्यवस्था यही २०८३ साल वैशाख १९ गतेदेखि नै लागू हुने गरी कार्यान्वयनमा आएको हो। 

नयाँ अध्यादेशको व्यवस्थाले खेलकुद क्षेत्रको नेतृत्वमा रहेका निश्चित पदाधिकारीहरूको पद स्वतः रिक्त गराइदिएको छ। यसअघि विभिन्न समयमा मन्त्रिपरिषद्‍ र खेलकुद मन्त्रालयको निर्णयबाट राखेपमा भित्रिएका पदाधिकारीहरू यो व्यवस्थापछि एकैसाथ जिम्मेवारीबाट बाहिरिएका छन्। 

मन्त्रालयले यो निर्णय र कानुनी व्यवस्थाका बारेमा सम्बन्धित सबै पक्षलाई औपचारिक रूपमा जानकारी गराउन सूचनासमेत प्रकाशन गरिसकेको छ।

यद्यपि उपाध्यक्ष ध्रुव आचार्यले चैत १८ गते नै पदबाट राजीनामा दिइसकेका थिए । राजीनामा दिइसकेको व्यक्तिलाई पदमुक्त भन्नु वाञ्छनीय नभएको उनले प्रतिक्रिया सार्वजनिक गरेका छन् ।

688025824_1287082526894631_8004646292171331693_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप