पञ्जाबलाई हराउँदै सनराइजर्स हैदराबाद तालिकाको शीर्ष स्थानमा
सारांश
- इन्डियन प्रिमियर लिगमा सनराइजर्स हैदराबादले पञ्जाब किंग्सलाई ३३ रनले पराजित गरेको छ ।
- यस जितसँगै हैदराबाद ११ खेलबाट १४ अंक जोड्दै अंक तालिकाको पहिलो स्थानमा उक्लिएको छ ।
- पञ्जाबका लागि कूपर कोनोलीले १०७ रनको अविजित शतकीय इनिङ खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।
काठमाडौँ । इन्डियन प्रिमियर लिग अन्तर्गत बुधबार भएको खेलमा सनराइजर्स हैदराबादले पञ्जाब किंग्सलाई ३३ रनले पराजित गरेको छ । यस जितसँगै हैदराबाद ११ खेलबाट १४ अंक जोड्दै अंक तालिकाको पहिलो स्थानमा उक्लिएको छ । अर्कोतर्फ, पराजित पञ्जाब ११ खेलबाट १३ अंकसहित दोस्रो स्थानमा झरेको छ। पञ्जाबको यो लगातार तेस्रो हार हो ।
पञ्जाब किंग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २३५ रनको विशाल योगफल तयार पारेको थियो । हैदराबादका लागि हेनरिक क्लासेनले ४३ बलमा ६९ रनको उत्कृष्ट इनिङ खेले। त्यस्तै इशान किशनले ३२ बलमा ५५ रन र ट्राभिस हेडले १९ बलमा ३८ रनको योगदान दिए। पञ्जाबका लागि युजभेन्द्र चहल, लक्की फर्गुसन र अर्शदीप सिंहले १–१ विकेट लिए ।
२३६ रनको कठिन लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाएर २०२ रन मात्र बनाउन सक्यो। पञ्जाबका लागि कूपर कोनोलीले ५९ बलमा १०७ रनको सानदार अविजित शतकीय इनिङ खेले पनि टोलीलाई जित दिलाउन सकेनन्। मार्कस स्टोइनिसले २८ र सुर्यांश सेडगेले २५ रन बनाए ।
बलिङतर्फ हैदराबादका कप्तान प्याट कमिन्स र शिवाङ कुमारले २–२ विकेट लिए भने नितिश कुमार रेड्डीले १ विकेट हात पारे । यो जितसँगै हैदराबादले प्लेअफको सम्भावनालाई थप बलियो बनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण