काठमाडौँमा साउथ एसिया ट्रेड फेयर सुरु
सारांश
- दक्षिण एसियाली देशहरूको उद्योग, व्यापार र सेवा अवसरहरूलाई एकै ठाउँमा ल्याउने उद्देश्यले काठमाडौँमा साउथ एसिया ट्रेड फेयर सुरु भएको छ ।
- भृकुटीमण्डपमा सुरु भएको यो मेला बैशाख २८ गतेसम्म सञ्चालन हुनेछ ।
- मेलामा भारत, बङ्गलादेश, नेपाल, भुटान, पाकिस्तान, अफगानिस्तान, श्रीलंका र माल्दिभ्सका १५० भन्दा बढी प्रदर्शकहरू सहभागी छन् ।
काठमाडौँ । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी अवसरहरूलाई एकै थलोमा ल्याउने उद्देश्यसहित काठमाडौँमा साउथ एसिया ट्रेड फेयर सुरु भएको छ ।
काठमाडौँको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा सुरु भएको साउथ एसिया ट्रेड फेयर बैंशाख २८ गते सम्म सञ्चालन हुने आयोजक इन्ट्रोडक्शन ट्रेड शोज नेपाल प्रालिले जनाएको छ ।
मेलामा भारत, बङ्गलादेश, नेपाल, भुटान, पाकिस्तान, अफगानिस्तान, श्रीलंका र माल्दिभ्स लगायतका देशहरूका करिब १५० भन्दा बढी प्रदर्शकहरू सहभागी छन् । प्रदर्शनी मार्फत निकासीयोग्य वस्तुको प्रवद्र्घन गर्न सबै व्यापारिक समुदायलाई प्रोत्साहन गर्ने तथा त्यसका लागि आवश्यक पहल कदमी समेत गर्ने उद्देश्य राखेको समेत आयोजकले जनाएको छ ।
मेलामा कपडा तथा रेडिमेड सामग्री, सौन्दर्य सामग्री, हस्तकला, सवारी साधन तथा पार्टपुर्जा, फर्निचर, कृषि उत्पादन, सूचना प्रविधि, घरेलु उपकरण लगायतका विभिन्न क्षेत्रका उत्पादन तथा सेवाहरूका स्टल राखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण