बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

अमेरिकाको सांगीतिक टुर सकेर फर्के यम बराल, पुगे रामकृष्णलाई शुभकामना दिन

बिहीबार, २४ वैशाख २०८३, १३ : ३३
बिहीबार, २४ वैशाख २०८३

काठमाडौँ । गायक यम बराल तीन महिना लामो सांगीतिक टुर गरेर बुधबार नेपाल फर्किए । संयोग पनि कस्तो रह्यो भने उनी काठमाडौँ अवतरण भएकै दिन आफ्ना साथी तथा समकालीन गायक रामकृष्ण ढकाल निर्मित फिल्म ‘मालती मंगले’को प्रिमियर थियो । 

त्यसैले उनी हतार-हतार घर पुगेर केही समय मात्रै आराम गरेर साँझ ललितपुरको लबिम मलस्थित क्यूएफएक्स सिनेमा पुगे साथीको फिल्मलाई हौसला दिन । उनले रामकृष्णसहित ‘मालती मंगले’को सम्पूर्ण टिमलाई शुभकामना दिए, अनि फिल्मबारे पत्रकारहरूलाई प्रतिक्रिया पनि दिए, ‘फिल्म राम्रो बनेको रहेछ । साथी रामसहित सम्पूर्ण टिमलाई शुभकामना ।‘

‘बादलुको घुम्टो’ फेम्ड यम सांगीतिक कन्सर्टहरूमा अहिले पनि उत्तिकै व्यस्त छन् । स्वदेशदेखि विदेशमा आयोजना हुने कार्यक्रमहरूमा उनी निष्ठुरी छाडेर, अब चोटहरूले, मन रहे पो मायाप्रीति, दिलमाया, माया बस्यो मुटुमा,  सनम माया लाको, टेन्डर मायाको, इलाम फिक्कलको जस्ता लोकप्रिय गीतहरुले दर्शकलाई मन्त्रमुग्ध बनाउँछन् । 

आफ्नो पछिल्लो तीन महिने अमेरिका बसाइमा उनले ओहायोको कोलम्बस, टेक्ससका विभिन्न सहर, पेन्सिलभेनियाको ह्यारिसबर्ग, लोवाको लोवा सिटी लगायत सहरमा एक दर्जन जति कार्यक्रममा गुन्जिए । नेपाली नयाँ वर्ष-२०८३ को अवसरमा पनि उनले न्युयोर्क लगायत सहरमा सांगीतिक प्रस्तुति दिए । 

‘अमेरिकामा नेपाली डायस्पोराले सधैं माया दिन्छ, यसपटकको यात्रा पनि खास रह्यो,’ यमले रातोपाटीसँग भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप