पत्रकारितामा अंकुश लगाउने सरकारको कुनै तयारी छैन : सञ्चारमन्त्री
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकार पत्रकारिता क्षेत्रमा कुनै पनि प्रकारको अंकुश लगाउने पक्षमा नरहेको स्पष्ट पारेका छन्।
राष्ट्रिय पत्रकारिता दिवस–२०८३ को अवसरमा बिहीबार काठमाडौँमा आयोजित ‘राष्ट्रिय पत्रकारिता पुरस्कार तथा वरिष्ठ पत्रकार सम्मान’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानले प्रत्याभूति गरेको पूर्ण प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध रहेको बताएका हुन्।
मन्त्री तिमिल्सिनाले लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र, निष्पक्ष र मर्यादित पत्रकारिता अपरिहार्य रहेको उल्लेख गर्दै प्रेस स्वतन्त्रतासँगै जिम्मेवारी र उत्तरदायित्व पनि जोडिएर आउने बताए। उनले भने, ‘सरकारले पत्रकारितामाथि अंकुश लगाउने कुनै तयारी गरेको छैन, तर हामी यस्तो पत्रकारिताको अपेक्षा गर्छौँ जहाँ तथ्यले स्थान पाओस् र सत्यले समाजलाई मार्गनिर्देश गरोस्।’
पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग र ‘फेक न्यूज’ का कारण समाजमा विभाजन र अविश्वास बढिरहेको प्रति चिन्ता व्यक्त गर्दै मन्त्री तिमिल्सिनाले फ्याक्ट चेकलाई पत्रकारिताको अभिन्न अंग बनाउनुपर्नेमा जोड दिए। यस वर्षको पत्रकारिता दिवसको नारा ‘सुशासनको आधारः प्रविधिमैत्री जिम्मेवार पत्रकार’ तय गरिएको जानकारी दिँदै उनले सुशासन कायम गर्न जिम्मेवार पत्रकारिताको भूमिका महत्वपूर्ण हुने बताए।
सूचना प्रविधिको तीव्र विकासले सञ्चार क्षेत्रमा क्रान्ति ल्याए पनि चुनौतीहरू समेत थपिएको उनको भनाइ छ। मन्त्री तिमिल्सिनाले सञ्चारमाध्यमको व्यावसायिकता र दिगोपनका लागि सरकारले ‘विज्ञापन नीति–२०८३’ तर्जुमा गरिरहेको जानकारी दिए। यस नीतिमार्फत छापादेखि अनलाइनसम्मका सञ्चारमाध्यमहरूको हित संरक्षण हुने गरी नीतिगत व्यवस्था गरिने उनले प्रतिबद्धता जनाए।
डिजिटल युगमा पत्रकारिताको विश्वसनीयता जोगाउन प्रविधिको सही सदुपयोग र व्यावसायिक मर्यादालाई केन्द्रमा राख्नुपर्ने उनको तर्क छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण