यी हुन् न्याय परिषद्बाट प्रधान न्यायाधीशका लागि सिफारिस भएका ६ न्यायाधीश
सारांश
- सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिससम्बन्धी निर्णयका लागि संवैधानिक परिषद्को बैठक बसिरहेको छ ।
- न्याय परिषद्ले प्रधान न्यायाधीशका लागि सर्वोच्चका ६ जना न्यायाधीशको नाम सिफारिस गरिसकेको छ ।
- प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत अवकाशमा गएपछि हाल सपना प्रधान मल्ल कामु प्रधान न्यायाधीश छिन् ।
काठमाडौँ । सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिससम्बन्धी निर्णयका लागि सिंहदरबारमा संवैधानिक परिषद्को बैठक जारी रहेको छ ।
यसअघि नै न्याय परिषद्ले प्रधान न्यायाधीश पदका लागि सर्वोच्च अदालतका ६ जना न्यायाधीशको नाम सिफारिस गरेकोमा अब यसबारे औपचारिक निर्णय हुन लागेको हो ।
प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत ६५ वर्षे उमेरहदका कारण गत चैत १८ गतेदेखि अवकाशमा गएसँगै उक्त पदका लागि सर्वोच्चकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लसहित कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम न्याय परिषद्ले संवैधानिक परिषद्को सचिवालयमा पठाएको थियो। राउतको अवकाशपछि हाल सपना प्रधान मल्ल कामु प्रधान न्यायाधीश छिन् ।
संविधानको धारा १२९ को उपधारा ३ मा सर्वोच्च अदालतको न्यायाधीश पदमा कम्तीमा तीन वर्ष काम गरेको व्यक्ति प्रधान न्यायाधीशको पदमा नियुक्ति हुन योग्य हुने उल्लेख छ । उक्त उपधारा अनुसार नै तीन वर्ष अवधि पुगेका सबै न्यायाधीशको नाम परिषद्ले सिफारिस गरेको हो ।
संवैधानिक परिषद्को बैठक बसिरहँदा प्रधान न्यायाधीश को बन्ला भन्ने चासो सर्वत्र छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण