बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिको संयोजकबाट गुणाकर भट्टले दिए राजीनामा

बिहीबार, २४ वैशाख २०८३, १८ : ३८
बिहीबार, २४ वैशाख २०८३

सारांश

  • राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिको संयोजकबाट राजीनामा दिएका छन्।
  • डा. गोपाल भट्टले पनि सेबोन अध्यक्ष पदका लागि आवेदन दिएपछि स्वार्थ बाझिने भन्दै भट्टले राजीनामा दिएका हुन्।
  • सेबोन अध्यक्षका लागि ४७ जनाको विवरण प्राप्त भएको छ र समितिले अर्को हप्ताको शुक्रबारसम्म सिफारिस गर्ने लक्ष्य लिएको थियो।

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका लागि गठन गरिएको सिफारिस समितिबाट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्ट नबस्ने भएका छन् । स्वार्थ बाझिने देखिएपछि उनले राजीनामा बुझाएका हुन्। 

सरकारले उपाध्यक्ष भट्टको संयोजकत्वमा धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समिति गठन गरेको थियो । समितिमा अर्थसचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यका रूपमा भुवनकुमार दाहाल रहेका थिए।

तर, नाताले दाइ पर्ने नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा। गोपाल भट्टले पनि धितोपत्र बोर्ड अध्यक्षका लागि आवेदन दिएपछि उनले समितिबाट राजीना नबस्ने भन्दै राजीनामा दिएका हुन्। 

अहिले सेबोन अध्यक्षका लागि ४७ जना व्यक्तिगत विवरण प्राप्त भएको छ । उक्त विवरणमाथि अहिले छानविन भइरहेको छ।

समितिले अर्को हप्ताको शुक्रबारसम्म सिफारिस गरिसक्ने लक्ष्य लिए पनि नयाँ नियुक्ति प्रक्रियाका कारण यो केही दिन लम्बने सम्भावना देखिएको छ। 

धितोपत्र ऐनमा राष्ट्रिय योजना आयोगका वित्तीय क्षेत्र हेर्ने सदस्यको नेतृत्वमा सिफारिस समिति गठन गर्ने व्यवस्था छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप