बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

शाओमीले नेपालमा सार्वजनिक गर्‍यो रेडमी ए–सेभेन–प्रो, कति तोकियो मूल्य ?

शुक्रबार, २५ वैशाख २०८३, १३ : ४०
शुक्रबार, २५ वैशाख २०८३

काठमाडौँ । विश्व प्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन र शक्तिशाली क्षमतासहितको नयाँ स्मार्टफोन ‘रेडमी ए–सेभेन–प्रो’ नेपाली बजारमा सार्वजनिक गरेको छ। ठूलो स्क्रिन र सुधारिएको सफ्टवेयर अनुभवसहित यो फोन बजारमा ल्याइएको हो।

यो स्मार्टफोनमा ६.७४ इन्चको एचडी डिस्प्ले र १२० हर्जको रिफ्रेस रेट रहेको छ, जसले प्रयोगकर्तालाई ‘स्मुथ’ अनुभव प्रदान गर्छ। ८.१५ मिमी स्लिम बडी भएको यो फोन सनसेट ओरेन्ज, पाम ग्रीन, मिस्ट ब्लु र ब्ल्याक गरी चार आकर्षक रङमा उपलब्ध छ। आँखाको थकान कम गर्न यसमा ‘डिसी डिमिङ’ प्रविधि समेत प्रयोग गरिएको छ।

यसको मुख्य विशेषताशक्तिशाली ब्याट्री हो, जसमा १५ वाटको फास्ट चार्जिङ सपोर्ट छ। कम्पनीका अनुसार एकपटकको पूर्ण चार्जमा यो फोन करिब २.३७ दिनसम्म प्रयोग गर्न सकिन्छ। फोटोग्राफीका लागि यसमा १३ मेगापिक्सेलको एआई डुअल रियर क्यामेरा र ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा दिइएको छ।

विशेषगरी भिजेको वा तेल लागेको हातले पनि चलाउन सकिने ‘वेट टच टेक्नोलोजी २.०’ र २०० प्रतिशतसम्मको भोल्युम बुस्ट सुविधा यसमा रहेको छ। १२ एनएम प्रोसेसर, साओमी हाइपर ओएस र युएफएस २.२ स्टोरेज प्रविधिले गर्दा यो फोन मल्टिटास्किङका लागि निकै द्रुत रहेको कम्पनीले जनाएको छ।

४ जिबी र्‍याम र ६४ जिबी स्टोरेज भेरिएन्टमा उपलब्ध यो फोनको मूल्य १७,९९९ रुपैयाँ तोकिएको छ। ग्राहकको भरोसाका लागि यसमा २ वर्षको वारेन्टी र २ टिबीसम्मको एक्स्टर्नल स्टोरेज सपोर्ट उपलब्ध छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप