स्वयंवर सकेर बेहुलासँग पोज–पोजमा फोटो खिचाएलगत्तै बेहुली गायब
काठमाडौँ । स्वयंवर सकेर बेहुलासँग पोज–पोजमा फोटो खिचाएसँगै बेहुली आफ्नो परिवारसहित गायब भएको घटना प्रकाशमा आएको छ ।
भारतको राजस्थान राज्यको कोटास्थित बोरखेडा क्षेत्रमा यस्तो घटना भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार साकेत आवास थेकडा निवासी देवेन्द्र सिंहको विवाह आदर्श नगर निवासी मुस्कान कंवरसँग तय भएको थियो ।
मुस्कानको परिवारको आर्थिक अवस्था कमजोर रहेका कारण देवेन्द्र सिंहकै परिवारले विवाहका लागि ४ लाख भारतीय रुपैयाँ आर्थिक सहयोगसमेत गरेको बताइन्छ ।
बोरखेडास्थित ‘म्यारिज गार्डन’मा वैवाहिक कार्यक्रम राखिएको थियो । सोही अनुसार स्वयंवर सकेर बेहुला–बेहुलीले पोज–पोजमा फोटो खिचाए । पाहुनाले बेहुला–बेहुलीलाई आशीर्वाद दिने कार्यक्रम सकेर जब बेहुली स्टेजबाट उचिएर कोठामा गइन्, निकैबेरसम्म उनी बाहिर आइनन् ।
विवाहको थप कार्यक्रमका लागि बेहुलीको खोजी भयो । तर ‘म्यारिज गार्डन’मा बेहुलीमात्र होइन, उनको परिवारका सदस्यसमेत फेला परेनन् ।
त्यसपछि बेहुला ‘म्यारिज गार्डन’बाट बेहुलीको घरतिर गए । बेहुलीको घरमा ताला लागेको थियो ।
बेहुली र उनको परिवारको अत्तोपत्तो नलागेपछि बेहुला पक्षले प्रहरी कार्यालयमा उजुरी दियो । बोरखेडा प्रहरी थानाका प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार स्वयंवर सकेलगत्तै बेहुला पक्षले दाइजो मागेको आरोप बेहुली पक्षले लगाएको छ । सोही कारण आफूहरूले विवाह रद्द गरेको उनीहरूको भनाइ छ ।
प्रहरीले दुवै पक्षको उजुरी लिएको छ । घटनाबारे अनुसन्धान गरेर आवश्यक कारवाही हुने उक्त प्रहरी थानाका प्रमुख अनिल कुमार टेलरको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण