२० हजार घुस लिएको आरोपमा सईविरुद्ध भ्रष्टाचार मुद्दा दायर
सारांश
- प्रहरी वृत्त मालीगाउँमा कार्यरत सई दिनेश राउतविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
- बैंकिङ कसुरसम्बन्धी मुद्दामा सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएको आरोपमा उनीविरुद्ध मुद्दा चलाइएको हो।
- अख्तियारको टोलीले घुस लिइसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको थियो।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) दिनेश राउतविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ।
बैंकिङ कसुरसम्बन्धी मुद्दामा सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग घुस लिएको पाइएपछि उनीविरुद्ध मुद्दा चलाइएको अख्तियारले शुक्रबार जनाएको छ । अख्तिायारका अनुसार राउतले बैंकिङ कसुर (चेक बाउन्स) सम्बन्धी मुद्दाको मिलापत्र गराइदिने र जाहेरवालाको रकम फिर्ता दिलाउन सहयोग गर्ने भन्दै विभिन्न बहाना बनाएर सेवाग्राहीलाई दुःख दिई २० हजार रुपैयाँ घुस मागेका थिए।
अख्तियारको टङ्गालस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई २० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रकमसहित नियन्त्रणमा लिएको थियो । अनुसन्धानका क्रममा राउतले सेवाग्राहीलाई दुःख हैरानी दिई घुस लिएको स्थापित भएपछि आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो २० हजार कायम गरी बिगोबमोजिम जरिवाना र कैद सजायको मागदाबी गर्दै आज आरोपपत्र दायर गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण