स्रोतमै वर्गीकरण गरेपछि घट्यो बञ्चरेडाँडा लैजाने फोहर
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्रोतमा फोहरको वर्गीकरण गर्ने कार्यलाई प्रभावकारी रूपमा कार्यान्वयन ल्याएसँगै अन्तिम व्यवस्थापनस्थल बञ्चरेडाँडा लैजाने फोहरको मात्रा घटेको छ।
कामपाको वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार बञ्चरेडाँडाको आयु बढाउनका लागि कामपाले स्रोतमा फोहरको वर्गीकरण र व्यवस्थापनको कार्य थालनी गरेको हो। अहिले कामपाबाट दैनिक १५ ट्रक फोहर बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको उनले जानकारी दिइन्। यसअघि वर्गीकरणबिना सबै फोहर लैजाँदा कामपाबाट दैनिक २० ट्रक अन्तिम व्यवस्थापनस्थल जाने गरेको थियो।
फोहर वर्गीबरण गर्दा सहरी सरसफाइ सेवालाई प्रभावकारी बनाउँदै आयआर्जन हुन सक्ने ठाउँमा आयमूलक कार्यक्रमलाई प्राथमिकता दिन थालिएको प्रमुख राईले बताइन् । कामपाले घरेलु फोहरलाई व्यवस्थित रूपमा विसर्जन गर्न ३२ वटा वडालाई सात क्षेत्रमा विभाजन गरेको छ।
हरेक क्षेत्रमा एक/एक वटा फोहरमैला स्थानान्तरण केन्द्र राखेर सुक्खा फोहर व्यवस्थापनका लागि ‘मेटेरियल रिकभरी’ सुविधा सञ्चालन गर्ने लक्ष्य राखिएको वातावरण व्यवस्थापन विभागका प्रमुख राईले उल्लेख गरिन् । उनका अनुसार आय ठेक्का कार्यविधि, २०७९ बमोजिम प्रतिस्पर्धीमध्येबाट क्षेत्र न १ का लागि वडा नम्बर २, ३, ४, ५ र ७ पर्छन् ।
त्यस्तै, क्षेत्र नम्बर २ मा वडा नम्बर १, ११, २८, २९ र ३० पर्छन् भने क्षेत्र नम्बर ३ मा ६, ८ र ९ पर्छन् । क्षेत्र नम्बर ४ मा वडा नम्बर १६, १७ र २६ र क्षेत्र नं ५ मा वडा नम्बर १३, १४ र १५ तोकिएको वातावरण व्यवस्थापन विभागका प्रमुख राईले जानकारी दिइन् । उनका अनुसार वडा नम्बर १०, ३१ र ३२ समेटेर क्षेत्र नम्बर ६ तोकिएको छ । बाँकी रहेका अन्य वडा क्षेत्र नं सातका लागि तोकिएको उनको भनाइ छ।
फोहरमैलालाई स्रोतमा वर्गीकरण गरिँदै मात्रा न्यूनीकरण गर्न, पुनःप्रयोग, पुनःचक्रीय प्रयोग र विसर्जन कार्यलाई क्षेत्रगत आधार व्यवस्थापन गर्न सहज हुनुका साथै सोका लागि फोहरमैला सङ्कलन र ढुवानीसम्बन्धी कार्यविधि, २०८१ जारी गरेर कार्यान्वयनमा ल्याइएको छ।
यसमा सार्वजनिक निजी साझेदारी वा निजी क्षेत्रसँग सेवा खरिद गरेर वा आय ठेक्काको प्रक्रियाबाट समुदायमा भएको फोहरमैला सङ्कलन ढुवानी गर्न कार्यविधि जारी गरिएको कामपाको वातावरण व्यवस्थापन विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
-
शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूमाथि ‘अपरेसन’
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
-
अनमोलसँगको तस्बिर शेयर गर्दै सुस्मिताले भनिन्, ‘मेरो कानुनी पहिचान छोरामार्फत पाएँ’
-
नियन्त्रणमा रहेको भूमिबाट पछि नहट्ने इजरायलको घोषणा
-
‘२०५९ सालको मापदण्ड कायमै रहँदा हिमाल र पहाडमा विद्यालय नै नरहने खतरा भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण