बङ्गलादेशमा नेपाली स्वास्थ्य सेवाको उत्कृष्टता प्रदर्शन
सारांश
- नेपाल मेडिसिटी अस्पतालले बङ्गलादेशमा आयोजित 'इन्टरनेसनल हेल्थ टुरिज्म एण्ड सर्भिसेस एक्स्पो २०२६' मा आफ्ना सेवाहरूको प्रदर्शनी गरेको छ ।
- यो एक्स्पो एसिया र त्यसभन्दा बाहिरका प्रमुख अस्पतालहरू, स्वास्थ्य सेवा प्रदायकहरू, वेलनेस सेन्टरहरू, डायग्नोस्टिक संस्थाहरू र मेडिकल टुरिज्म सहजकर्ताहरूलाई एकै ठाउँमा ल्याएको छ ।
- नेपाल मेडिसिटीका प्रमुख कार्यकारी अधिकृत डा. अमित तोमरले यो कार्यक्रम नेपाललाई दक्षिण एसियामा उच्च गुणस्तरीय र किफायती स्वास्थ्य सेवाको उदाउँदो गन्तव्यका रूपमा स्थापित गर्ने अवसर भएको बताए ।
काठमाडौँ । बङ्गलादेशमा आयोजित एक्स्पोमा नेपालको स्वास्थ्य सेवाबारे प्रदर्शनी गरिएको छ । नेपाल मेडिसिटी अस्पतालले बङ्गलादेशमा आयोजित 'इन्टरनेसनल हेल्थ टुरिज्म एण्ड सर्भिसेस एक्स्पो २०२६' मा आफ्ना सेवाको प्रदर्शनी गरेको हो । यो नेपालबाहिर आयोजना गरिएको अन्तर्राष्ट्रिय मेडिकल टुरिज्म एक्स्पो गरिएको पहिलो प्रदर्शनी समेत हो ।
बंगलादेशको ढाकास्थित इन्टरनेसनल कन्भेन्सन सिटीमा बिहीबारदेखि यो एक्स्पो सुरु भएको हो जुन आज (शनिबार) सकिनेछ । यस एक्स्पोले एसिया र त्यसभन्दा बाहिरका प्रमुख अस्पतालहरू, स्वास्थ्य सेवा प्रदायकहरू, वेलनेस सेन्टरहरू, डायग्नोस्टिक संस्थाहरू र मेडिकल टुरिज्म सहजकर्ताहरूलाई एकै ठाउँमा ल्याएको छ।
तीन दिने यस मेलामा चीन, इन्डोनेसिया, मलेसिया, भारत र श्रीलंका लगायतका देशका स्वास्थ्य संस्थाहरूको सहभागिता रहेको छ, जसले क्षेत्रीय स्तरमा चिकित्सा पर्यटन र अन्तर्राष्ट्रिय स्वास्थ्य सहकार्यको बढ्दो महत्त्वलाई प्रदर्शन गर्ने आयोजकले जनाएको छ ।
प्रदर्शनीमा सहभागिताबारे बोल्दै अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. अमित तोमरले यो कार्यक्रम नेपाललाई दक्षिण एसियामा उच्च गुणस्तरीय र किफायती स्वास्थ्य सेवाको उदाउँदो गन्तव्यका रूपमा स्थापित गर्ने एउटा ठूलो अवसर भएको बताए । यो सहभागिताले तीव्र रूपमा विकास भइरहेको मेडिकल टुरिज्म क्षेत्रमा नेपालको उपस्थिति अझ मजबुत बनाउने बनाउन सयोग गर्ने उनको भनाइ छ ।
नेपाल मेडिसिटीले आफ्नो उच्च गुणस्तरीय क्लिनिकल सेवा, बहुविषय विशेषज्ञता र बिरामी केन्द्रित सेवाका कारण परिचित छ । अस्पतालले बिरामीको सुरक्षा, संक्रमण रोकथाम, क्लिनिकल गभर्नेन्स र प्रमाणमा आधारित उपचार पद्धतिमा विश्वव्यापी मापदण्ड अनुसारका अन्तर्राष्ट्रिय मान्यता प्राप्त स्वास्थ्य प्रटोकल र गुणस्तर सुनिश्चितता प्रणालीहरू अपनाउने गरेको जनाएको छ ।
अनुभवी विशेषज्ञहरू, उत्कृष्ट क्लिनिकल नतिजा, व्यक्तिगत हेरचाह, छोटो प्रतीक्षा समय र अन्य क्षेत्रीय स्वास्थ्य गन्तव्यहरूको तुलनामा किफायती उपचार प्याकेज रहेको अस्पतालको भनाइ छ ।
यस अन्तर्राष्ट्रिय एक्स्पोमा नेपाल मेडिसिटीको सहभागिताले नेपालको स्वास्थ्य क्षेत्रका लागि नयाँ अवसरहरू सिर्जना गर्ने र देशलाई अन्तर्राष्ट्रिय चिकित्सा उपचार र वेलनेस पर्यटनको एक विश्वसनीय गन्तव्यका रूपमा स्थापित गर्न मद्दत पुर्याउने विश्वास लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक विकृतिविरुद्ध नाटक ‘सहीछाप’
-
शीर्ष स्थानका लागि इङ्गल्याण्ड र घाना भिड्दै
-
सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था
-
रास्वपा महाधिवेशनमा चुनावी रौनक: आफ्नो प्रतिनिधिको लागि भोट माग्दै समर्थक (तस्बिरहरु)
-
समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
-
रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी, पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण