फोटो फिचर
४० परिवार सुकुमबासीलाई होटलबाट नागार्जुन अपार्टमेन्टमा सारियो (तस्बिरहरू)
शनिबार, २६ वैशाख २०८३, १३ : ४५
सारांश
- गोङ्गबु बसपार्कका विभिन्न होटलमा बस्दै आएका सुकुमबासी बस्तीका ४० परिवारका ९३ जना नागरिकलाई नागार्जुन अपार्टमेन्टमा सारिएको छ ।
- शुक्रबार साँझ आधारभूत सुविधाको पूर्व व्यवस्था नगरी अपार्टमेन्टमा सारिएको भन्दै उनीहरूले गुनासो गरेका छन् ।
- अधिकांश परिवारमा दीर्घ रोगी समेत भएकाले अस्पताल आउजाउ गर्न सहजीकरण गरिदिनुपर्ने उनीहरूको माग छ ।
काठमाडौँ । गोङ्गबु बसपार्कका विभिन्न होटलहरूमा बस्दै आएका सुकुमबासी बस्तीका नागरिकहरूलाई नागार्जुन अपार्टमेन्ट पुर्याइएको छ । ४० परिवारका ९३ जनालाई सो अपार्टमेन्टमा राखिएको हो ।
शुक्रबार साँझ उनीहरूलाई त्यहाँ पुर्याइएको हो । आधारभूत सुविधा समेतको पूर्व व्यवस्था नगरी अपार्टमेन्टमा सारिएको उनीहरूको गुनासो छ । कसले यहाँ ल्यायो भन्ने सम्म जानकारी आफूहरूलाई नरहेको पीडितहरूको भनाइ छ ।

अधिकांश परिवारमा दीर्घ रोगी समेत भएकाले अस्पताल आउजाउ गर्न सहजीकरण गरिदिनु पर्ने उनीहरूको माग रहेको छ । तस्बिर: सूर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी












Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण