सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

विवादले उग्र रूप लिँदा बञ्चरो प्रहार

शनिबार, २६ वैशाख २०८३, १७ : ०१
शनिबार, २६ वैशाख २०८३

बुटवल । दाङको देउखुरीमा धारिलो हतियार प्रहारबाट एक जनाको मृत्यु भएको छ ।

जिल्लाको राजपुर गाउँपालिका–४ स्थित सामुदायिक वन क्षेत्रमा काठ काट्ने विषयमा विवाद हुँदा स्थानीय ५५ वर्षीय भोला यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार शनिबार दिउँसो स्थानीय २३ वर्षीय इच्छाकुमार रैदासले बञ्चरो प्रहार गर्दा यादवको घटनास्थलमै मृत्यु भएको हो । 

स्थानीय रामजानकी सामुदायिक वन क्षेत्रबाट काँचो काठ काट्ने विषयमा विवाद भएपछि रैदासले धारिलो हतियार प्रहार गरेको प्रारम्भिक रूपमा खुलेको प्रहरीले जनाएको छ । घटनापछि आरोपित रैदास फरार छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप