भक्तपुरका मसाज सेन्टरमा प्रहरीको स्वीप अपरेसन : ७९ जना नियन्त्रणमा
शनिबार, २६ वैशाख २०८३, १९ : ११
सारांश
- भक्तपुर जिल्लाका विभिन्न मसाज सेन्टरहरूमा प्रहरीले स्वीप अपरेसन चलाएर ७९ जनालाई नियन्त्रणमा लिएको छ।
- प्रहरी वृत्त ठिमी र जगातीबाट खटिएको संयुक्त प्रहरी टोलीले वैशाख २६ गते गरेको विशेष कारबाहीमा ६४ जना मसाज सेन्टरका कर्मचारी र १५ जना शंकास्पद व्यक्ति पक्राउ परेका हुन्।
- नियन्त्रणमा लिइएका सबैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
भक्तपुर । भक्तपुर जिल्लाका विभिन्न मसाज सेन्टरहरूमा प्रहरीले स्वीप अपरेसन चलाएर ७९ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त ठिमी र जगातीबाट खटिएको संयुक्त प्रहरी टोलीले वैशाख २६ गते गरेको विशेष कारबाहीका क्रममा उनीहरू पक्राउ परेका हुन्।
प्रहरीका अनुसार जिल्लाभित्र सञ्चालनमा रहेका मसाज सेन्टरहरूमा छापा मार्ने क्रममा त्यहाँ कार्यरत ४२ जना महिला र २२ जना पुरुष गरी ६४ जनालाई नियन्त्रणमा लिइएको छ। यसका अतिरिक्त अन्य शंकास्पद गतिविधिमा संलग्न १५ जना गरी कुल ७९ जनालाई प्रहरीले हिरासतमा लिएको हो।
जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले नियन्त्रणमा लिइएका सबैमाथि थप अनुसन्धान कार्य भइरहेको जानकारी दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
-
अमेरिकामा एक अर्ब डलरभन्दा बढी व्यापारिक ठगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण