मङ्सिर दोस्रो हप्ता नेकपाको महाधिवेशन, जेठ मसान्तभित्र एकताको काम सक्ने
सारांश
- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले जेठ मसान्तभित्र एकता प्रक्रियामा जोडिएका सबै घटकको एकीकरण र समायोजन सक्ने भएको छ ।
- एकता महाधिवेशन आगामी मङ्सिरको दोस्रो हप्ता सम्पन्न गरिने छ ।
- सबै समितिहरूमा युवा तथा नवयुवाहरूको प्रतिनिधित्व ५० प्रतिशतसम्म पुर्याउन विशेष जोड दिइएको छ ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले जेठ मसान्तसम्म एकता प्रक्रियामा जोडिएका सबै घटकसँग एकीकरण र समायोजनको काम सक्ने भएको छ ।
एकीकरण र समायोजन काम सकिएसँगै सङ्गठन सुदृढीकरण र शुद्धीकरण अभियान चलाइने र पार्टीका नेता तथा कार्यकर्ताहरूको कार्यशैली, जीवनशैली र आचरण सुधारका लागि पहल अगाडि बढाइने नेकपाको अन्तरपार्टी निर्देशन(अपानी)–३ मा उल्लेख छ । यस्तै एकता महाधिवेशन आगामी मङ्सिरको दोस्रो हप्ता एकता महाधिवेशन गर्ने भनिएको छ ।
‘आजको वस्तुगत परिस्थितिमा आम जनतासँग घनिष्ट रूपमा जोडिएको कान्तिकारी कम्युनिस्ट पार्टी निर्माणको वैचारिक, राजनीतिक, साङ्गठनिक तथा सांस्कृतिक स्पष्टतासहित आगामी मङ्सिरको दोस्रो हप्तामा पार्टीको एकता महाधिवेशन सम्पन्न गरिने छ’, संयोजक र सहसंयोजकले शनिबार हस्ताक्षर गरेको अपानीमा भनिएको छ ।
वडादेखि केन्द्रसम्मका सबै निर्वाचित पार्टी समितिहरू समावेशी मान्यताअनुसार गठन गरिने, सबै समितिहरूमा पाका, अनुभवी, प्रौढ तथा युवाहरूको समावेशिता सुनिश्चित गरिनेछ, जसमा युवा तथा नवयुवाहरूको प्रतिनिधित्व ५० प्रतिशतसम्म पुर्याउन विशेष जोड दिएको छ ।
साथै सिङ्गो नेपाली कम्युनिस्ट आन्दोलनको पुनःएकीकरण गर्दै एकीकृत कम्युनिस्ट पार्टी निर्माणका लागि समेत विशेष पहल गरिने भनिएको छ । चैत १९ गते सुरु भएको नेकपाको संयोजन समितिको बैठक वैशाख १५ गते सम्पन्न भएको थियो ।
बैठकको निर्णयलाई संयोजक प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालले हस्ताक्षर गरी अपानी तयार गरेका छन् । यद्यपि पार्टी समितिमा परिपत्र नभइसकेको नेताहरूले जिकिर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
‘कंगाल करोडपति’को मुख्य भूमिकामा मुकुन
-
पाँच नेताको समर्थनले महामन्त्रीमा विपिनको पल्लाभारी
-
रास्वपाको महामन्त्री दौडबाट पछि हटेपछि कविन्द्र बुर्लाकोटीले भने- ‘पार्टीको हित नै सर्वोच्च’
-
राजा चार्ल्सले पहिलोपटक सार्वजनिक गरे कर विवरण, एक वर्षमा तिरे करिब २ करोड अमेरिकी डलर
-
‘तरङ्ग’ मङ्सिर १८ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने
-
काठमाडौँको ट्राफिक जाम कम गर्न सातदोबाटो र एकान्तकुनामा बन्दैछ यस्तो अन्डरपास र ओभरपास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण