बर्दिबासमा भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीको आन्दोलन
महोत्तरी । महोत्तरीको बर्दिबास क्षेत्रमा सरकारी, ऐलानी तथा सार्वजनिक जग्गाबाट बस्ती हटाउने सरकारी तयारीको विरोधमा भूमिहीन सुकुमबासी, दलित तथा अव्यवस्थित बसोबासीहरूले आन्दोलन सुरु गरेका छन् ।
सरकारले सार्वजनिक उपयोगका लागि भन्दै जग्गा खाली गराउने प्रक्रिया अघि बढाएपछि वर्षौँदेखि उक्त क्षेत्रमा बसोबास गर्दै आएका स्थानीय बासिन्दा आन्दोलित बनेका हुन् । आन्दोलनकारीहरूले आफूहरूलाई वैकल्पिक व्यवस्थाविना हटाउने प्रयास अमानवीय र अन्यायपूर्ण भएको आरोप लगाएका छन् ।
स्थानीयका अनुसार उनीहरू लामो समयदेखि उक्त क्षेत्रमा बसोबास गर्दै आइरहेका छन् । राज्यले पटक–पटक समस्या समाधान गर्ने आश्वासन दिए पनि व्यवहारमा कुनै ठोस पहल नभएको उनीहरूको गुनासो छ । उनीहरूले बसोबासको अधिकार सुनिश्चित गर्दै उचित व्यवस्थापन र पुनर्स्थापनाको ग्यारेन्टी गर्न सरकारसँग माग गरेका छन् ।
आन्दोलनमा सहभागीहरूले “पहिले बसोबासको व्यवस्था गर, त्यसपछि मात्र हटाऊ”, “भूमिहीनलाई न्याय दे” जस्ता नाराबाजी गर्दै प्रदर्शन गरेका थिए। उनीहरूले वैकल्पिक आवास तथा जीविकोपार्जनको सुनिश्चितता नभएसम्म बस्ती खाली नगर्ने अडानसमेत दोहोर्याएका छन्।
प्रदर्शनका कारण केही समय क्षेत्रको वातावरण तनावग्रस्त बनेको थियो। स्थानीय प्रशासनले भने कानुनी प्रक्रिया अनुसार सार्वजनिक तथा सरकारी जग्गा संरक्षणका लागि आवश्यक कदम चालिएको जनाएको छ। प्रशासनका अधिकारीहरूले समस्या समाधानका लागि सम्बन्धित पक्षसँग छलफल र संवाद भइरहेको बताएका छन् ।
यद्यपि आन्दोलनकारीहरू सरकारको आश्वासनप्रति विश्वस्त देखिएका छैनन् । उनीहरूले स्पष्ट पुनर्स्थापना योजना सार्वजनिक नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण