पूर्वमन्त्री विक्रम पाण्डेको बयान : मेरो कम्पनीको तर्फबाट बोलपत्र संशोधन भएको छैन
सारांश
- सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइटमा अनधिकृत पहुँच गरी ठेक्काको विवरण हेरफेर गरेको आरोपमा पूर्वमन्त्री विक्रम पाण्डेसहित २२ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।
- अनुसन्धानमा पाण्डेको कम्पनीको तर्फबाट पुलको ठेक्कामा बोलपत्र संशोधन भएको निष्कर्ष निकालिएको छ, तर पाण्डेले भने कम्पनीको तर्फबाट कुनै बोलपत्र संशोधन नभएको दाबी गरेका छन् ।
- पाण्डेले ठेक्का वैज्ञानिक तरिकाले प्राप्त हुने र आफ्नो कम्पनीले ठेक्का नपाएकोले यसमा आफ्नो नाम जोडिनुमा अनभिज्ञता व्यक्त गरेका छन् ।
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयको बोलपत्र डटकम डट एनपी नामको वेबसाइटमा अनधिकृत पहुँच बनाएर ठेक्काको विवरण हेरफेर गरेको आरोपमा पक्राउ परेका पूर्वमन्त्री विक्रम पाण्डेविरुद्ध अदालतमा मुद्दा दायर गरिएको छ । काठमाडौँ जिल्ला अदालतमा दायर मुद्दामा पाण्डेसहित २२ जनालाई प्रतिवादी कायम गरिएको छ ।
महेन्द्र राजमार्गस्थित बकैया नदीको पुलको ठेक्कामा पाण्डेको कम्पनीको तर्फबाट बोलपत्र संशोधन गरिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । तर, पाण्डेले सो ठेक्का हाराहारी ६७ करोड निर्धारण गरेर बिडिङ गरेको तर, कम्पनीको तर्फबाट कुनै कागजात दिएर बोलपत्र संशोधन नगरेको जिकिर गरेका छन् । अनुसन्धान अधिकृत र सरकारी वकिलसँगको बयानमा पाण्डेले भनेका छन्, ‘मलाई याद भएसम्म यस ठेक्कामा कम्पनीको तर्फबाट कुनै छुट दिई बोलपत्र संशोधन भएको छैन र यो ठेक्का मेरो कम्पनीलाई प्राप्त भएको पनि छैन ।’
ठेक्काको रेट कम गराउँदैमा ठेक्का प्राप्त नहुने उनले बताएका छन् । ठेक्का वैज्ञानिक तरिकाले प्राप्त हुने हुनाले त्यसमा आफ्नो नाम जोडिएकोमा पाण्डेले अनभिज्ञता व्यक्त गरेका छन् । कालिका कन्स्ट्रक्सनको तर्फबाट पीपीएमओको वेबसाइटमा पहुँच राखेको विषय आफूलाई जानकारी नभएको उनले बयानमा दाबी गरेका छन् ।
कुनै आपराधिक समूहले आफ्नो कम्पनीको नाम बदनाम गराउन यस्तो गरेको हुनसक्ने पाण्डेले जिकिर गरेका छन् ।
_YKhXpyEcmV.jpg)
_3LvMm3tGij.jpg)
_tpmmL9y6sO.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण