सर्लाहीमा बेवारिसे अवस्थामा सडेगलेको शव फेला
सर्लाही । सर्लाहीको गोडैता नगरपालिकामा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
जिल्लाको गोडैता नगरपालिका–६ स्थित बग्दह चिनिमिल नजिक हुलाकी सडक खण्डको छेउमा आइतबार साँझ करिब साढे ४ बजे अन्दाजी ४०–४५ वर्षका पुरुषको सडेगलेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
स्थानीयबाट सूचना प्राप्त हुनासाथ प्रहरी चौकी गोडैताबाट गएको टोली त्यसतर्फ गएको थियो । प्रारम्भिक अनुसन्धानमा मृतकको नाम, थर र ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक विशाल बहादुर बुढाथोकीको नेतृत्वमा टोलीसमेत घटनास्थलतर्फ खटिएको छ ।
उक्त स्थान प्रहरी चौकी गोडैताबाट करिब ४ किलोमिटर दक्षिणतर्फ पर्छ । शवको पहिचान खुलाउने तथा घटनाको वास्तविकता पत्ता लगाउने कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण