राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखियो : महासचिव पोखरेल
सारांश
- एमाले महासचिव शंकर पोखरेलले सत्तापक्षको कार्यशैलीप्रति कटाक्ष गर्दै राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखिएको बताएका छन्।
- उनले सरकार अविच्छिन्न उत्तराधिकार भएको संस्था भएको र त्यसलाई खण्डित गर्ने कार्य लोकतान्त्रिक मूल्यविपरीत हुने बताएका छन्।
- पोखरेलले विधि, पद्धति, संविधान र संस्थागत निरन्तरताको सम्मान नै लोकतन्त्रको आधार भएको स्मरण गराएका छन्।
काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले सत्तापक्षको कार्यशैलीप्रति कटाक्ष गरेका छन् । उनले राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखा पर्न थालेको भन्दै प्रधानन्यायाधीश सिफारिसप्रति संकेत गर्दै पोखरेलले कटाक्ष गरेका हुन् ।
सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् महासचिव पोखरेलले विधि, पद्धति, संविधान र संस्थागत निरन्तरताको सम्मान नै लोकतन्त्रको आधार भएको स्मरण गराएका छन् ।
‘सरकार अविच्छिन्न उत्तराधिकार भएको संस्था हो। राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही ढंगले त्यसलाई खण्डितगरी संस्थागत अस्थिरता निम्त्याउने कार्य लोकतान्त्रिक मूल्य–मान्यताविपरीत हुन्छन्’, महासचिव पोखरेलले भनेका छन्, ‘यस्ता कदमहरूले अधिनायकवादतर्फको प्रवृत्तिलाई बल पुर्याउने खतरा रहन्छ । विधि, पद्धति, संविधान र संस्थागत निरन्तरताको सम्मान नै लोकतन्त्रको आधार हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकले भन्थे, ‘उत्तरपुस्तिका मसँग छ कति नम्बर चाहिन्छ ? त्यसको बदला फोटो पठाऊ’
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो
-
मनसुनजन्य विपद् व्यवस्थापनमका लागि तयारी अवस्थामा रहने
-
बागमती सरकारबाट बाहिरिन किन भाखा सार्दै छ एमाले ?
-
शिक्षा, स्वास्थ्य लगायतमा लगाइएको कर फिर्ता नलिए आन्दाेलन गर्ने चेतावनी
-
नुवाकोटको पहिरो प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि पहल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण