रास्वपा कर्णाली प्रदेशको सह-महामन्त्रीमा शाह र सुवेदी मनोनीत
सोमबार, २८ वैशाख २०८३, ११ : ०२
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेश कमिटीले राजबहादुर शाहलाई पुरुष सह-महामन्त्री र अविसरा सुवेदीलाई महिला सह-महामन्त्रीमा मनोनीत गरेको छ ।
- प्रदेश सभापति मदन खड्काले प्रदेश कमिटीको निर्णयलाई पार्टी केन्द्रले आइतबार स्वीकृत गरेको बताए ।
- यसअघि पुरुष सह-महामन्त्री हरि अधिकारीले भ्रष्टाचार मुद्दा दायर भएपछि राजीनामा दिएका थिए भने महिला सह-महामन्त्री पद अघिल्लो वर्षदेखि नै रिक्त थियो ।
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेश कमिटीले दुई जना नेतालाई सह-महामन्त्रीमा मनोनीत गरेको छ । यसअघि रहेका दुई सह–महामन्त्री पदमा पुरुषतर्फ राजबहादुर शाह र महिलातर्फ अविसरा सुवेदीलाई मनोनीत गरिएको हो ।
रास्वपा कर्णाली प्रदेश सभापति मदन खड्काका अनुसार, प्रदेश कमिटीले केही दिनअघि नै निर्णय गरेको र पार्टी केन्द्रले आइतबार स्वीकृत गरेको बताए ।
पुरुषतर्फ यसअघि सह–महामन्त्री रहेका हरि अधिकारीमाथि वन उपभोक्ता समितिको रकम हिनामिनामा संलग्न भएको भन्दै अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनले पदबाट नैतिकताका आधारमा राजीनामा दिएका थिए ।
त्यससँगै पद खाली भएको थियो । यस्तै, महिलातर्फको सह–महामन्त्री पद भने अघिल्लो वर्ष देखिनै खाली थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण