बीबीसीले रोकेको गाजासम्बन्धी वृत्तचित्रले जित्यो बाफ्टा अवार्ड
लन्डन । गाजामा स्वास्थ्यकर्मीमाथि इजरायली आक्रमणमा आधारित वृत्तचित्र ‘गाजा : डक्टर्स अन्डर अट्याक’ ले उत्कृष्ट समसामयिक कार्यक्रमतर्फको बाफ्टा टिभी अवार्ड जितेको छ ।
उक्त वृत्तचित्र बनाउन बीबीसीले जिम्मा दिएको भए पनि ‘निष्पक्षतासम्बन्धी चिन्ता’ देखाउँदै प्रसारण नगर्ने निर्णय गरेको थियो ।
वृत्तचित्रकी निर्देशक रमिता नभाईले अवार्ड ग्रहण गर्दै बीबीसीको निर्णयको आलोचना गरिन् । सो वृत्तचित्र पछि च्यानल- ४ ले प्रसारण गरेको थियो । यसका लागि उनले च्यानल ४ लाई धन्यवाद भनेकी छिन् ।
उनले भनिन्, ‘हामीले चुप लागेर बस्न वा सेन्सर हुन अस्वीकार गर्यौँ । यो फिल्म देखाएकोमा च्यानल ४ लाई धन्यवाद ।’
वृत्तचित्रका कार्यकारी निर्माता बेन देर पियरले बीबीसीप्रति व्यङ्ग्यात्मक प्रश्न उठाए ।
उनले भने, ‘बीबीसीलाई एउटा प्रश्न छ- तपाईँहरूले हाम्रो फिल्म हटाउनुभयो, अब के आज राति हुने बाफ्टाको टिभी प्रसारणबाट हामीलाई पनि हटाउनुहुन्छ ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण