स्वास्थ्य बीमालाई जनमैत्री बनाउन कार्ययोजना अन्तिम चरणमा : मन्त्री मेहता
सारांश
- स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले स्वास्थ्य बीमालाई व्यवस्थित र जनमैत्री बनाउन सरकारले विशेष तयारी गरिरहेको बताएकी छिन् ।
- उनले स्वास्थ्य बीमा कार्यक्रमलाई सरल र प्रभावकारी बनाउन मन्त्रालयले गहन गृहकार्य गरिरहेको र सुधारसम्बन्धी कार्ययोजना अन्तिम चरणमा पुगेको जानकारी दिइन् ।
- सरकारले चाँडै नै नागरिकलाई सहज हुने गरी स्वास्थ्य बीमामा देखिएका सेवा प्रवाहमा ढिलाइ, दाबी भुक्तानीमा जटिलता जस्ता गुनासा समाधान गर्ने नयाँ व्यवस्था सार्वजनिक गर्ने मन्त्री मेहताले बताइन् ।
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले स्वास्थ्य बीमामा देखिएका विद्यमान समस्याहरू समाधान गरी यसलाई थप व्यवस्थित र जनमैत्री बनाउन सरकारले विशेष तयारी गरिरहेको बताएकी छिन् ।
सोमबार वीर अस्पतालमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ को शुभारम्भ गर्ने क्रममा उनले स्वास्थ्य बीमा कार्यक्रमलाई सरल र प्रभावकारी बनाउन मन्त्रालयले गहन गृहकार्य गरिरहेको जानकारी दिएकी हुन् ।
मन्त्री मेहताले स्वास्थ्य बीमामा केही पेचिलो समस्याहरू रहेको स्वीकार गर्दै सुधारसम्बन्धी कार्ययोजना अन्तिम चरणमा पुगेको स्पष्ट पारिन् । सरकारले चाँडै नै नागरिकलाई सहज हुने गरी नयाँ व्यवस्था सार्वजनिक गर्ने उनको भनाइ छ ।
‘स्वास्थ्य बीमामा अलिकति पेचिलो छ । यसलाई कसरी सहजीकरण गर्न सकिन्छ र जनमैत्री कसरी बनाउन सकिन्छ भनेर हामी गहन छलफल गरिरहेका छौँ । वर्कआउट भइरहेको छ, चाँडै नै थाहा पाउनुहुन्छ,’ मन्त्री मेहताले भनिन् ।
हाल स्वास्थ्य बीमा कार्यक्रममा सेवा प्रवाहमा ढिलाइ, दाबी भुक्तानीमा देखिएका जटिलता र नागरिकको पहुँचमा रहेका कमजोरीका विषयमा विभिन्न गुनासाहरू उठ्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण