आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
प्रिमियर लिग

टोटनहम र लीड्सबिच १–१ गोलको बराबरी

मङ्गलबार, २९ वैशाख २०८३, ०४ : ३३
मङ्गलबार, २९ वैशाख २०८३

सारांश

  • इङ्लिस प्रिमियर लिगमा टोटनहम र लीड्स युनाइटेडबीचको खेल १-१ गोलको बराबरीमा सकिएको छ ।
  • म्याथिस टेलले गोल गर्दै टोटनहमलाई अग्रता दिलाए पनि डोमिनिक क्याल्भर्ट-लुइनले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए ।
  • यो बराबरीसँगै लिग तालिकामा लीड्सको ४४ अंक र टोटनहमको ३८ अंक भएको छ ।

काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत नेपाली समय अनुसार मंगलबार बिहान सम्पन्न खेलमा टोटनहम र लीड्स युनाइटेडले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा दुवै टोलीले १–१ गोल गरे । खेलको ५०औँ मिनेटमा म्याथिस टेलले गोल गर्दै टोटनहमलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ७४औँ मिनेटमा लीड्सका डोमिनिक क्याल्भर्ट–लुइनले पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि खेलमा थप गोल हुन सकेन र दुवै टोली १–१ अंक बाँड्न बाध्य भए ।

यो बराबरीसँगै लिग तालिकामा ३६ खेलबाट लीड्सको ४४ अंक पुगेको छ । यता समान ३६ खेल नै खेलेको टोटनहमको भने ३८ अंक रहेको छ । दुवै टोलीले लिगमा अब दुई–दुई खेल खेल्न बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप