‘अक्षरा’को छायाङ्कन सुरु
सारांश
- विनयराज पौडेलको डेब्यु निर्देशन रहने चलचित्र ‘अक्षरा’को छायाङ्कन सोमबारदेखि काठमाडौँबाट सुरु भएको छ ।
- फिल्मको छायाङ्कन सेडुल एक महिनाको रहेको छ ।
- चलचित्रमा सुशील सिटौला, न्यान्सी खड्का, सुशील पोखरेल लगायतका कलाकारहरु मुख्य भूमिकामा रहनेछन् ।
काठमाडौँ । विनयराज पौडेलको डेब्यु निर्देशन रहने चलचित्र ‘अक्षरा’को छायाङ्कन सुरु भएको छ । चलचित्रको छायाङ्कन सोमबारदेखि काठमाडौँबाट सुरु भएको हो । फिल्मको छायाङ्कन सेडुल एक महिनाको रहेको निर्देशा पौडेलले जानकारी दिए ।
क्षत बाबु प्रोडक्सन हाउसको प्रस्तुतिमा निर्माण हुने फिल्ममा सुशील सिटौला, न्यान्सी खड्का, सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह र सृजना अधिकारीको मुख्य भुमिका रहनेछ । फिल्ममा बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गानाको पनि रहनेछन् ।
फिल्मका कार्यकारी निर्माता सुरज थापाकाजी हुन् भने निर्मातामा उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना रहेका छन् । अभिमन्यु निरवीको पटकथा तथा संवाद रहेको यस फिल्ममा सुरेन्द्र रानाको शब्द र कर्णराज गिरीको संगीत रहनेछ ।
फिल्मको छायाङ्कन दिपेन बस्न्यातले गरिरहेका छन् भने कोरियोग्राफी रामजी लामिछाने र द्वन्द्व निर्देशन शंकर महर्जनको रहनेछ । फिल्मलाई नेशनल सिने ग्रुप नेपालु मार्फत दीपक दंगालले वितरण गर्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण