सुकुमबासी समस्याबारे अर्थसमितिमा सांसद ध्रुव राज राईले उठाए प्रश्न
सारांश
- सांसद ध्रुव राज राईले सरकारको कार्यक्रम र सुकुमबासी समस्या समाधानमा भइरहेको ढिलाइबारे प्रश्न उठाएका छन्।
- उनले अव्यवस्थित बसोबास र सुकुमबासीहरूलाई सरकारले झन् समस्यामा पारेको आरोप लगाए ।
- सांसद राईले विकास निर्माणका लागि बजेट विनियोजन गर्दा भूगोललाई ध्यान दिनुपर्ने र आर्थिक वर्षको समयतालिका अगाडि सार्नुपर्ने सुझाव दिए ।
काठमाडौँ । सांसद ध्रुव राज राईले सरकारको कार्यक्रम र सुकुमबासी समस्या समाधानमा भइरहेको ढिलाइबारे प्रश्न उठाएका छन्। अर्थसमितिकाे छलफल कार्यक्रममा बोल्दै उनले अव्यवस्थित बसोबास र सुकुमबासीहरूलाई सरकारले झन् समस्यामा पारेको आरोप लगाए ।
साथै सांसद राईले विकास निर्माणका लागि बजेट विनियोजन गर्दा भूगोललाई ध्यान दिनुपर्ने पनि बताए । उनले काठमाडौँ उपत्यकाभन्दा भोजपुर जस्ता जिल्लाहरू भौगोलिक रूपमा ठुला र चुनौतीपूर्ण रहेको भन्दै दुर्गम क्षेत्रका लागि पर्याप्त बजेट छुट्टाउन माग गरे ।
यस्तै, उनले नेपालको आर्थिक वर्ष असार मसान्तमा सकिने परिपाटीले विकासमा बाधा पुगेको धारणा राखे । वर्षाको समयमा काम गर्दा निर्माण व्यवसायी र उपभोक्ता मारमा पर्ने भएकाले आर्थिक वर्षको समयतालिका अगाडि सार्नुपर्ने उनले सुझाव दिए । अन्तिम समयमा आएर काम गर्ने शैलीले विकास निर्माण अलपत्र परेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
-
स्ट्रेट अफ होर्मुजमा आक्रमण भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण