महिलाको घरेलु श्रमको मूल्याङ्कन गरिनुपर्छ : सांसद सुशीला ढकाल
मङ्गलबार, २९ वैशाख २०८३, १२ : ४७
सारांश
- सांसद सुशीला ढकालले महिलाहरूले घरभित्र गर्ने श्रमको मूल्य तोकिनुपर्ने र यसका लागि विशेष नीति ल्याउनुपर्ने बताएकी छन् ।
- उनले बाझो जमिन र जङ्गलको सदुपयोग गरी देशको आयस्रोत बढाउनुपर्नेमा जोड दिइन् ।
- उनले पुराना र अलपत्र परेका आयोजनाहरू पूरा गर्न तथा बिर्तामोड-बङ्गलादेश सडक र हुलाकी मार्ग जस्ता पूर्वाधारहरूलाई पूर्णता दिन सरकारलाई सुझाव दिइन् ।
काठमाडौँ । सांसद सुशीला ढकालले महिलाहरूले घरभित्र गर्ने श्रमको मूल्य तोकिनुपर्ने बताइन् । अर्थ समितिको बैठकमा बोल्दै उनले यस सन्दर्भमा विशेष नीति ल्याउनुपर्ने बताइन् ।
'घरेलु श्रममा लागेका महिलाहरूको श्रमको मूल्याङ्कन गर्न यो सरकारले विशेष नीति ल्याउनुपर्छ,' ढकालले भनिन् ।
उनले बाझो जमिन र जङ्गलको सदुपयोग गरेर देशको आयस्रोत बढाउनुपर्नेमा जोड दिइन्। साथै नयाँ आयोजना थप्नुभन्दा पुराना र अलपत्र परेका आयोजनाहरू पूरा गर्न सरकारलाई सुझाव दिइन् ।
उनले बिर्तामोड-बङ्गलादेश जोड्ने सडक र हुलाकी मार्ग जस्ता पूर्वाधारहरूलाई पूर्णता दिन माग गरिन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण