मिर्गौला पीडितको माइतीघरमा प्रदर्शन: १० प्रतिशत को–पेमेन्ट खारेज र भत्ता भुक्तानीको माग
सारांश
- मिर्गौला पीडित सरोकार समाज नेपालले माइतीघर मण्डलामा विरोध तथा ध्यानाकर्षण कार्यक्रम आयोजना गरी १० प्रतिशत को–पेमेन्ट खारेज र भत्ता भुक्तानीको माग राखेको छ।
- आन्दोलित बिरामीहरूले स्वास्थ्य बीमामा लागू गरिएको १० प्रतिशत को–पेमेन्ट व्यवस्थाले आर्थिक रूपमा विपन्न बिरामीहरूलाई थप भार पारेको भन्दै यसलाई खारेज गर्न माग गरेका छन्।
- सरकारले मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघात भएका बिरामीलाई दिने भनिएको मासिक ५ हजार रुपैयाँ भत्ता हालसम्म सबैले नपाएकोमा आपत्ति जनाउँदै समाजले यसको पूर्ण कार्यान्वयनको माग गरेको छ।
काठमाडौँ । मिर्गौला पीडित सरोकार समाज नेपाल केन्द्रीय कार्यसमितिले मिर्गौला तथा अन्य कडा रोगका बिरामीहरूको समस्या समाधानका लागि माइतीघर मण्डलामा विरोध तथा ध्यानाकर्षण कार्यक्रम आयोजना गरेको छ।
प्रदर्शनका क्रममा पीडितहरूले ब्यानरसहित आफ्ना मागहरू राख्दै स्वास्थ्य मन्त्रालयका कर्मचारीलाई विशेष ध्यानाकर्षण पत्र समेत बुझाएका छन्।
_cdq259Liru.jpg)
आन्दोलित मिर्गौला पीडितहरूले स्वास्थ्य बीमामा लागू गरिएको १० प्रतिशत ‘को–पेमेन्ट’ व्यवस्था तुरुन्त खारेज गर्न माग गरेका छन्। यो व्यवस्थाका कारण आर्थिक रूपमा विपन्न बिरामीहरूलाई उपचारमा थप आर्थिक भार परेको उनीहरूको गुनासो छ।
_nxtrJFBIKC.jpg)
बीमा बोर्डले उपचार खर्चको निश्चित प्रतिशत बिरामी आफैँले बेहोर्नुपर्ने गरी ल्याएको यो प्रावधानले दीर्घकालीन रूपमा औषधी र उपचार गराउनुपर्ने बिरामीहरूलाई मर्कामा पारेको उनीहरूले उल्लेख गरेका छन्।
_3lEruoYiwR.jpg)
त्यसैगरी, सरकारले मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने निर्णय गरिसकेको भए पनि हालसम्म सबै बिरामीले उक्त रकम नपाएकोमा समाजले आपत्ति जनाएको छ। सरकारको यो निर्णयलाई देशैभरका बिरामीले पाउने गरी पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने माग उनीहरूको छ।
_7KMWpPZ4Ck.jpg)
प्रदर्शनमा सहभागीहरूले ‘मिर्गौला दान – जीवन दान’ र ‘अङ्ग दान–पुण्य काम’ जस्ता नाराहरू लेखिएका प्लेकार्डहरू बोकेका थिए। उनीहरूले मस्तिष्क मृत्युबाट हुने अङ्ग दानको प्रक्रियालाई प्रभावकारी रूपमा अगाडि बढाउन समेत सरकारसँग माग गरेका छन्।
_hFBiMkKGcy.jpg)
अङ्ग प्रत्यारोपणको पर्खाइमा रहेका धेरै बिरामीहरूको जीवन रक्षाका लागि कानुनी र व्यावहारिक जटिलता हटाउँदै अङ्ग दानलाई प्रोत्साहित गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन्।
_v7SCc2LRnX.jpg)
_fgfpkrRXQK.jpg)
_3uYiwMkddZ.jpg)
_7WKhQr93XU.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीआईबीले मनायो १६ औँ स्थापना दिवस
-
गत आवमा नेपालगन्ज भन्सारमा २० अर्ब राजस्व सङ्कलन
-
राज सिग्देलको सुमधुर गजलमा झुम्यो दोहा
-
नागरिक अगुवा पाण्डेलाई विभिन्न नेता तथा शुभचिन्तकद्वारा श्रद्धाञ्जली, तस्बिरहरू
-
नेपालकै सबैभन्दा ठुलो च्यारिटी साइकलिङ अभियान, तस्बिरमा हेर्नुहोस्
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण