कञ्चनपुरमा फार्मेसी पढिरहेका विद्यार्थी मृत फेला
मङ्गलबार, २९ वैशाख २०८३, २० : १९
धनगढी । कञ्चनपुरमा एक विद्यार्थी झुण्डिएको अवस्थामा फेला परेका छन् ।
सोमबार साँझ ६ बजे भीमदत्त नगरपालिका–१८ भगतपुरमा रहेको साथीको कोठामा दार्चुला मार्मा गाउँपालिका–३ का १७ वर्षीय आयुषसिंह धामी मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीका अनुसार धामी महेन्द्रनगरमा बहिनीसँग बसेर फारवेस्ट स्कुल अफ मेडिसियनमा फार्मेसी पढिरहेका थिए ।
घटनापछि प्रहरीले आफन्तलाई महेन्द्रनगर बोलाएको थियो । मंगलबार उनको पोस्टमार्टम, घटनास्थलको मुचुल्काको काम पूरा भएको डीएसपी शाहीले जानकारी दिए । आफन्तले शव शव बुझिसकेका छन् । मृतकका परिवारले ज्यानसम्बन्धी कसुर, झुण्डी आत्महत्या अपराधसम्बन्धी जाहेरी दिएका छन् ।
घटनास्थलमा प्रहरीले सुसाइड नोट पनि फेला पारी त्यसका आधारमा अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण