सुकुमबासीमाथि दमन भएको भन्दै रुपन्देहीका विभिन्न दलद्वारा विरोध
बुटवल । भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासीमाथि सरकारले दमन गरेको आरोप लगाउँदै विभिन्न राजनीतिक दलले संयुक्त रूपमा रुपन्देहीमा विरोध जनाएका छन् ।
आज एक जारी गरिएको संयुक्त प्रेस विज्ञप्तिमा राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा रहेको वर्तमान सरकारले भूमिहीन तथा सुकुमबासीमाथि अमानवीय व्यवहार गरेको आरोप लगाइएको छ । विज्ञप्तिमा सम्बन्धित जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दलहरूले संयुक्त ऐक्यबद्धता जनाएका हुन् ।
विज्ञप्तिमा सरकारले भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासी समस्याको दीर्घकालीन समाधान खोज्नुको सट्टा डोजर चलाउने, जबरजस्ती दमन गर्ने तथा नागरिकको मौलिक अधिकारमाथि हस्तक्षेप गरेको उल्लेख गरिएको छ ।
राज्यको यस्तो कार्यले नागरिकको बाँच्न पाउने अधिकारमाथि आघात पुगेको विज्ञप्तिमा उल्लेख छ । साथै, सरकारको दमनकारी प्रवृत्तिविरुद्ध भूमिहीन तथा सुकुमबासीहरूले गरिरहेको आन्दोलनप्रति ऐक्यबद्धतासमेत जनाइएको छ ।
संयुक्त विज्ञप्तिमा नेपाली कांग्रेसका रामकृष्ण खाँड, नेकपा (एमाले) का यम गैरे, नेपाली कम्युनिस्ट पार्टीका निमल जिसी चिरी, प्रजातन्त्र पार्टीका दीपकप्रसाद श्रेष्ठ , प्रगतिशील लोकतान्त्रिक पार्टीका कृष्ण कुमार बन्जाडे लगायत विभिन्न दलका नेताहरूको हस्ताक्षर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण