रुलिङमार्फत प्रधानमन्त्रीलाई सदनमा बोलाउन माग
बुधबार, ३० वैशाख २०८३, १२ : ०६
सारांश
- नेपाली कांग्रेसका सांसद निष्कल राईले प्रधानमन्त्रीलाई सदनमा बोलाउन सभामुखसँग माग गरेका छन् ।
- सांसद राईले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने दिनसमेत प्रधानमन्त्री सदनमा अनुपस्थित हुनु लज्जास्पद भएको बताए ।
- उनले सभामुखलाई रुलिङ गरेर प्रधानमन्त्रीलाई सदनमा बोलाइ सभाको गरिमा बढाउन आग्रह गरे ।
काठमाडौँ । नेपाली कांग्रेसका सांसद निष्कल राईले रुलिङमार्फत प्रधानमन्त्रीलाई सदनमा बोलाउन माग गरेका छन् ।
बुधबारको प्रतिनिधि सभा बैठकमा सांसद राईले सभामुखलाई सम्बोधन गर्दै राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गर्दा बाहिर निस्किएका प्रधानमन्त्री मंगलबार र बुधबार किन सदनमा देखा परेनन् ? भनेर प्रश्न गरे ।
उनले आफैँले बनाएको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूचीको दिन पनि प्रधानमन्त्रीलाई सदनमा नदेखिनु लज्जास्पद भएको बताए ।
‘सभामुखज्यू ! यो सभाको इज्जत राख्ने काम तपाईंको हो । तपाईंले पनि इज्जत र गरिमा राख्न सक्नु भएन भने कसैले सक्दैन’, सांसद राईले भने, ‘तपाईँ यो सभाको नायक हाे। त्यसैले प्रधानमन्त्रीलाई रुलिङ गरेर बोलाउनुहोस् र सभाको गरिमा बढाउनुहोस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणितीय विज्ञान, कृत्रिम बुद्धिमत्ता र नवप्रवर्तन
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण