सदन
संसदमा मागियो प्रधानमन्त्रीको राजीनामा
बुधबार, ३० वैशाख २०८३, १२ : ४८
सारांश
- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को राजीनामा माग गरेका छन् ।
- प्रधानमन्त्री नीति तथा कार्यक्रममाथिको छलफलमा उपस्थित नभएपछि राजीनामाको माग गरिएको हो ।
- अर्थमन्त्रीले प्रस्ताव पेस गरेपछि संसदका सबै विपक्षी दलहरूले विरोध जनाएका छन् ।
काठमाडौँ । प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को राजीनामा माग गरिएको छ । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उपस्थित नभएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बालेनको राजीनामा माग गरेका हुन् ।
आजको छलफलमा प्रधानमन्त्री बालेनको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्न सभामुख डीपी अर्यालले अनुमति दिएका थिए ।
योसँगै संसदका सबै विपक्षी दलहरू उठेर विरोध गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
-
१० बजे १० समाचार : रवि–बालेनकाे चेतावनीदेखि तत्कालका लागि वाम एकतामा पूर्णविरामसम्म
-
खाएको बिल नतिरेर होटलवालाई धम्की दिने एक जना पक्राउ
-
पाइलटले तालिम लिइरहँदा विमान दुर्घटना
-
पत्रकार महासङ्घ रुपन्देहीद्वारा ३ जना पत्रकार पुरस्कृत
-
बढ्दो सहरीकरणसँगै उपत्यकामा धान रोप्ने ठाउँको अभाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण