सांसद क्षितिज थेबेकाे ताप्लेजुङ डायरी- ‘रुखमा बाँधेर हुन्छ कि सडकमा सुतेर, बाटो बन्नुपर्छ’
सारांश
- सांसद क्षितिज थेबेले संसदमा ताप्लेजुङका विकास र विपद्का समस्याबारे सरकारको आलोचना गरेका छन् ।
- उनले हावाहुरी र असिनाले क्षति पुगेका पीडितले राहत नपाएको र सडक पूर्वाधारको अवस्था दयनीय भएको गुनासो गरे ।
- सांसद थेबेले अधुरा सडक आयोजनाहरू तत्काल सम्पन्न गर्नुपर्नेमा जोड दिए ।
काठमाडौँ । ताप्लेजुङबाट निर्वाचित सांसद क्षितिज थेबेले जिल्लाको विकास र विपद्को अवस्थालाई लिएर संसदमा सरकारको कडा आलोचना गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा ‘ताप्लेजुङ डायरी’ प्रस्तुत गर्दै उनले जिल्लाका अधुरा आयोजना र जनताले भोग्नुपरेको सास्तीबारे आक्रोश व्यक्त गरे ।
आफ्नो धारणा राख्ने क्रममा सांसद थेबेले ताप्लेजुङका जनताको अवस्था देख्दा आफूलाई उकुसमुकुस भएको बताए । हावाहुरीले विद्यालय र घरका छाना उडाएको तथा असिनाले बालीनाली सखाप पारेको भए पनि अहिलेसम्म पीडितले राहत नपाएको उनले गुनासो गरे ।
सांसद थेबेले सडक पूर्वाधारको अवस्था निकै दयनीय भएको भन्दै अब जसरी पनि काम हुनुपर्ने बताए ।
यस्तो छ उनको डायरी, ‘के गर्ने के नगर्ने उकुसमुकुस भएको छ । हावाहुरीले स्कुल तथा घरका छाना लगेको छ । असिनाले बालीनाली सखाप। जनता अघाध मारमा छन् । आजसम्म राहत छैन । यता हेर्यो खानेपानी समस्या उता सिँचाइका समस्या । एकातिर कृषकको अर्कोतिर श्रमिकको । युवाको बेरोजगार र जनताको गरिबी उत्तिकै महँगी र मूल्य वृद्धि त्यत्तिकै । विकास निमर्माणका असीमित छन् । हो अब रुखमा बाँधेर हुन्छ कि बाटोमा सुताएर हुन्छ की खोरमा जाकेर हुन्छ बाटो बन्नु पर्छ ।
झसङ्ग ब्युँझिन्छु । प्रधानमन्त्री ज्यू समय आयो । पाथीभरसडक चुनाव अगाडी तपाइँको यात्रा भएको सडक १० वर्ष भयो अलपत्र परेको । तमोर करिडोर हुँदै ओलाङ्चुङगोला तिप्तला नाका सडक सडक याफ्दुङ् हुँदै कन्चनजङ्गा बेसक्याम्प सडक, मदनभण्डारी सडक, गुफा पोखरी सडक , चुवाभन्ज्याङ तिवापोखरी सडक लगायत जसरी पनि बन्नु पर्छ धन्यवाद ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण