लेबनानमा इजरायली आक्रमण : १३ जनाको मृत्यु
लेबनान । दक्षिणी लेबनानमा भएको पछिल्लो इजरायली हवाई आक्रमणमा परी १३ जनाको मृत्यु हुनुका साथै अन्य १४ जना घाइते भएको जनाइएको छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयले नबातियाह सहरमा इजरायली हवाई आक्रमणमा परी मृत्यु हुनेहरुको सङ्ख्या ५ जना पुगेको जनाएको छ । जसमा दुई जना घाइतेहरुको अवस्था चिन्ता जनक भएकाले नागरिक सुरक्षा एजेन्सिको सहयोगमा उच्च निगरानीको साथ आषधी उपचार गरिरहेको जनाइएको छ ।
नबातीह जिल्लाको जेबचित सहरमा भएको हवाई आक्रमणमा लेबनानी सैनिक र एक सिरियाली नागरिकसहित चार जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् । बिन्ट जेबिल जिल्लाको कफार्डोनिनमा भएको हवाई आक्रमणमा ४ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
गत मार्च –२ देखि लेबनान विरुद्ध चलिरहेको इजरायली आक्रमणमा परी मृत्यु हुनेहरुको सङ्ख्या दुई हजार ८८२ जना पुगेको लेबनानको स्वास्थ्य मन्त्रालयले मङ्गलबार घोषणा गरेको छ भने आक्रमणका क्रममा आठ हजार ७६८ घाइते भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण