होमुर्ज जलमार्गमा हुने बेलायत र फ्रान्सको संयुक्त अभियानमा अष्ट्रेलिया सहभागी हुने
काठमाडाैँ । पश्चिम एसियामा जारी तनावको बीचमा स्ट्रेट अफ होर्मुजको जलमार्ग हुँदै हुने ढुवानीको सुरक्षा गर्न बेलायत र फ्रान्सको नेतृत्वमा सुरु भएको रक्षात्मक बहुराष्ट्रिय सैन्य अभियानलाई समर्थन गर्न अष्ट्रेलिया तयार रहेको बताइएको छ ।
बुधबार रक्षामन्त्री रिचर्ड मार्लेसले विज्ञप्ति मार्फत अष्ट्रेलियाले आगामी वेजेट पछि निगरानीका लागि विमान योगदान गर्ने जनाएका छन् । मार्लेसले ४० वटा भन्दा बढी देशका रक्षामन्त्रीहरूसँग भएको बैठक पछि यस्तो घोषणा गरेका हुन्, जहाँ सहभागीहरूले होर्मुज जलमार्ग मार्फत हुने ढुवानी स्वतन्त्रताको लागि समर्थनको पुष्टि गरेका छन् ।
बहुराष्ट्रिय सैन्य अभियान अन्तर्राष्ट्रिय व्यापारको सुरक्षाका लागि ठोस प्रतिबद्धता प्रदर्शन गर्दै जारी कूटनीतिक संलग्नता र सम्झौता प्रयासहरूलाई पूरक बनाउन तयार गरिएको उनले बताएका छन् ।
यो द्वन्द्व जति लामो समय सम्म चल्छ अष्ट्रेलियामा त्यति नै महत्त्वपूर्ण प्रभाव पर्ने चेतावनी दिँदै उनले अष्ट्रेलिया सरकारले यी प्रयासहरूलाई समर्थन गर्न आफ्ना साझेदारहरूसँग सहकार्य जारी राख्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण